logo
२०८१ जेष्ठ ४ शुक्रवार



पसलैपिच्छे तरकारीको फरक मूल्य, उपभोक्ता मारमा

अर्थ |
प्रदेश |


पसलैपिच्छे तरकारीको फरक मूल्य, उपभोक्ता मारमा


माला कर्ण
सप्तरी, असोज १६ गते । सप्तरीको राजविराजस्थित बजारमा व्यापारीले पसलैपिच्छे मनपरी मूल्य लिई उपभोक्ता ठगेको पाइएको छ । बजार अनुगमन प्रभावकारी नहुँदा दैनिक उपभोग्य वस्तुको मूल्य अकाशिएको स्थानीयले बताउनुभएको छ ।

संयुक्त बजार अनुगमन समितिले आफूखुशी चाडपर्वको बेला केही पसलमा मात्र अनुगमन गर्नेगरेको र आफ्नो चिने जानेको पसललाई छुट दिनेगरेको स्थानीय व्यापारीको गुनासो छ । दैनिक उपभोग्य वस्तुमा हरियो तरकारी, दाल, चिनी, तेललगायतका वस्तुको मूल्यवृद्धि अकाशिएको उपभोक्ताको गुनासो छ । उत्पादन कम भई बजारमा आउन नसक्दा हरियो तरकरीसँगै अन्य सामानको मूल्य व्यापारीले मनपरी बढाएको पाइएको छ । तरकारीको मूल्य प्रतिकेजी १० रुपियाँदेखि ५० रुपियाँसम्म बढेको उपभोक्ताको गुनासो छ ।

अहिले बजारमा सबैभन्दा बढी लौका, परवल, गोलभेंडा, काउली, प्याज, काँक्रो, सागको मूल्य अकाशिएको देखिएको छ । महिना दिनअघि प्रतिकेजी ५० देखि ६० रुपियाँ रहेको गोलभेंडाको मूल्य केजीमा ८० देखि सय रुपियाँ पुगेको छ । बजारमा अधिकांश तरकारीको मूल्य प्रतिकिलो ५० देखि सय रुपियाँ र काउली त्योभन्दा महँगो भएर एक सय ५० देखि एक सय ७० रुपियाँसम्म पुगेको छ ।

उत्पादनमा कमी आउँदा बजारमा तरकारीको मूल्य अकाशिएको व्यापारीहरुले बताएका छन् । व्यापारीका अनुसार सबै सामान र यातायातमा भएको मूल्यवृद्धिले तरकारीको मूल्य बढ्नगएको उहाँहरुको भनाइ छ । यता उपभोक्ताहरुले भने बजारमा सरकारको उपस्थित कमजोर हुँदा बजार नियन्त्रणबाहिर गएको भनाइ छ । बजार अनुगमन प्रभावकारी नहुँदा व्यापारीले मनपरी मूल्य लिई उपभोक्ता ठग्ने गरेको स्थानीय  उपभोक्त अनिल मण्डलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?