काठमाडौँ, असोज १९ गते । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु. पाँच सयले बढेर रु. ९० हजार ३०० कायम गरिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु. ९० हजार ३०० तोकिएको हो । छापावाल सुन सोमबार प्रतितोला रु. ८९ हजारमा ८०० मा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला रु. ८९ हजार ८५० कायम गरिएको छ जुन सोमबार प्रतितोला रु. ८९ हजार ३५० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला रु. एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।