logo
२०८१ चैत्र २८ शुक्रवार



झापाको एघार स्थानमा जिउँदो माछा बिक्री केन्द्र स्थापना

अर्थ |
प्रदेश |


झापाको एघार स्थानमा जिउँदो माछा बिक्री केन्द्र स्थापना


अर्जुन राजवंशी
बिर्तामोड, असोज २१ गते । झापाको पाँच जना युवाले जिल्लाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् । गाभुर एग्रो फार्म प्रालिमार्फत बिहीबार घटस्थापनाको शुभसाइतमा माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक अग्र्यानिक जिउँदो ताजा माछा बिक्री केन्द्र बिर्ताबजारमा उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले उद्घाटन गर्नुभयो । फर्मालिन प्रयोग गरेर हप्तौंपछि नेपाल भित्र्याइएका भारतीय मरेको माछाले उपभोक्ताको स्वास्थ्यमा समस्या पारिरहेकाबेला जिउँदो माछा विक्री केन्द्र सञ्चालनमा आउँदा स्थानीय खुशी भएका छन् ।

उपभोक्ताको गुनासो तथा जिल्लाका माछापालक किसानको उत्पादनलाई बजारीकरणमा सहयोग गर्नेगरी जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएको गाभुर एग्रो फार्मका अध्यक्ष अर्जुन राजवंशीले बताउनुभयो ।

गाभुर एग्रोले मेचीनगर नगरपालिकाको का“कडभिट्टा, इटाभट्टा र धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिकाभित्र बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्याँलडाँगीमा केन्द्रहरु सञ्चालनमा ल्याएको हो । ११ वटै केन्द्रको एकमुष्ठ उद्घाटन बिहीबार बिर्ताबजार बिक्री केन्द्रमार्फत गरिएको छ ।

सरसफाइमा विशेष ध्यान दिदै उपभोक्तालाई अग्र्यानिक ताजा माछा खुवाउने व्यवस्थित बिक्री केन्द्र सञ्चालनमा ल्याएको एग्रोका प्रबन्धक अभय राजवंशीले बताउनुभयो । बिक्री केन्द्रमा पंघास, रहुँ, कमन कार्प, बिग हेड, पम्प्लेट, नैनीलगायतका माछा बिक्रीका लागि राखिएको सञ्चालकले बताउनुभयो । माछा जिउँदो राख्न बिक्री केन्द्रमा सिसाका एक्यूरेम बनाई अक्सिजन दिने व्यवस्था गरिएको छ ।

जिल्लामा माछापालक किसानको संख्या दैनिक बढ्दै गए पनि उत्पादन भएको माछाले बजार नपाउने समस्या बढेकोप्रति वाणिज्य महासंघका प्रदेश अध्यक्ष ढकालले चिन्ता व्यक्त गर्नुभयो । कृषि कर्मबाट किसानलाई पलायन हुनबाट रोक्ने नीति र सहुलियत दिने कार्यक्रम ल्याउन सरकारसमक्ष आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?