logo
२०८२ बैशाख ३ बुधवार



कोशी कोरिडोर विद्युत् प्रसारण लाइन निर्माण सम्पन्न, चाबी हस्तान्तरण

अर्थ |
प्रदेश |


कोशी कोरिडोर विद्युत् प्रसारण लाइन निर्माण सम्पन्न, चाबी हस्तान्तरण


कोकिला भण्डारी/ इनरूवाबाट जयकृष्ण यादव 
धनकुटा, असोज २२ गते । कोशी कोरिडोर विद्युत् प्रसारण लाइनको चाबी नेपाल विधुत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङ्गलाई एक कार्यक्रमका बीच धनकुटामा हस्तान्तरण गरिएको छ । सुनसरीदेखि तुम्लीङ्गटारसम्म करिब ७६ किलोमिटरमा ३ सय २६ वटा टावर निर्माण गरिएको प्रसारण लाइनको चाबी ठेकेदार कम्पनी कलपत्रु पाबर ट्रान्समिसन लिमिटेडले निर्देशक घिसिङलाई हस्तान्तरण गरेको हो । कोशी कोरिडोर अन्तर्गतको पहिलो प्याकेजमा पर्ने सुनसरी जिल्लाको इनरुवादेखि संखुवासभा जिल्लाको तुम्लीङ्गटारसम्मको २२० केभी प्रसारण लाइन निर्माणकार्य सम्पन्न गरी ठेकेदार कम्पनीले प्रसारणलाई चाबी हस्तान्तरण गरेको छ ।

यसका साथै दोस्रो प्याकेजमा पर्ने वसन्तपुर, बोनेश्वर, तुम्लीङ्गटार र इनरुवामा निर्माण हुने २२० स्तरको सब स्टेसनको कार्यसमेत ८० प्रतिशत सम्पन्न भएको बताइएको छ । तेस्रो प्याकेजमा दुई अर्ब पचास करोड रुपियाँको लागतमा निर्माण हुने वसन्तपुरदेखि ढुङ्गेसाँघुसम्मको करिब ३५ किमि प्रसारण लाइन निर्माणको कार्य मेत ७० प्रतिशत सम्पन्न भएको छ । यी आयोजना निर्माणपछि अरुण र तमोर नदी तथा सहायक नदीमा निर्माण गरिने जलबिद्युत आयोजनामा उत्पादित बिजुली ग्राहकसम्म पुगाउन सहज हुने निर्देशक घिसिङले बताउनुभयो ।

उहाँकाअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत प्रसारणको लागि सो लाईनको दोस्रो सर्किटको तार तान्ने र सम्बन्धित सबस्टेशनमा २२० केभि लाईनको ट्रान्सफर्महरुको क्षमता विस्तारका लागि विद्युत प्राधिकरणबाट यथासक्य छिटो काम गर्ने योजना रहेको बताइएको छ ।

यसैबीच इनरुवा समाचारदाता जयकृष्ण यादवकाअनुसार निर्देशक घिसिङले सुनसरीको विभिन्न सवस्टेसनको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । बीहिबार घिसिङले सुनसरीको इनरुवा सवस्टेसन, भोक्राहा स्वस्टेसन, कुशाहा सवस्टेसन तथा नेपाल विधुत प्राधिकरण इनरुवा वितरण केन्द्रको कार्यालय पुगेर अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।

घिसिङले नेपालको ऊर्जा क्षेत्रको उचाइलाई अझै माथि उठाउनेगरी काम गर्ने चरणमा रहेकाले निर्माणधिन नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजना ९हेटौडा–ढल्केवर–दुहवी ४०० के।भी।प्रसारण लाईन आयोजना० को काम समयमा सक्न निर्देशन दिनुभयो ।

त्यस्तै, कटैया कुशाहा ९इनरुवा०– विराटनगर १३२ के।भी। प्रसारण लाईन आयोजना, कुशाहा १३२।११ केभी सवस्टेसन समेतको अनुगमन तथा निरीक्षण गर्नुभयो । नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाको काम छिटो सक्न ठेकेदार कम्पनीलाई निर्देशक घिसिङले निर्देश गर्नुभयो ।

नेपाल विधुत प्राधिकरण इनरुवा वितरण केन्द्रमा विधुत भोल्टेज समस्या भएको र चुहावट रहेकाले त्यसमा नियन्त्रण गर्न निर्देशन दिनुभयो । घिसिङले निरिक्षणका क्रममा देखिएको समस्या र कमिकमजोरीलाई न्युनीकरण गर्दै सामाधान खोज्न आग्रह गर्दै भइरहेको प्रयासमा छिटोछरितो गर्न निर्देशन दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?