काठमाडौं, कात्तिक ११ गते । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वल्र्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ ।
कात्तिक ९ गते आयोजना भएको टोटल टेलिकम काङ्ग्रेसको एक कार्यक्रम माझ अवार्डको विजयताको घोषणा भएको थियो ।
सन् १९९९ मा सुरु भएको वल्र्ड कम्युनिकेसन अवार्डले विश्वभरको टेलिकम बजारमा भएको नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीहरुलाई सम्मानित गर्दछ ।
यी दुई सम्मानले एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत समाजमा पुर्याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात विपद प्रतिकार्य अन्तर्गत कोभिड महामारी, बाढी र भुकम्प जस्ता विभिन्न विपद तथा संकटको समयमा गरेका योगदानहरुको सरहना गर्ने एतसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।