logo
२०८२ भाद्र ७ शनिवार



हवाई भाडा बढ्यो

अर्थ |


हवाई भाडा बढ्यो



गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १८ गते । आन्तरिक वायुसेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हालै मात्र हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक सङ्घले बुधबार बढेको भाडा सूची सार्वजनिक गरेको हो ।  
नयाँ सूचीअनुसार काठमाडौँ–धनगढी हवाई मार्गमा सबैभन्दा बढी ४४० रुपियाँ भाडा बढेको छ । उक्त मार्गको हवाई भाडा चार हजार २२० पुगेको छ । यसअघि यस मार्गको हवाई भाडा मूल्य तीन हजार ८०० थियो । सबैभन्दा कम डोटी साँफेबगर मार्गमा ४५ रुपियाँ बढेको छ । हवाई इन्धनसहित सेवा शुल्कलगायत मूल्य जोडेपछि अन्तिम हवाई भाडा निर्धारण गरिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?