काठमाडौं, कात्तिक २३ गते । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले ओरालो लागेर रु. ९२ हजार ३०० तोकिएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु. ९२ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ८०० रहेको छ । यसको मूल्य सोमबार प्रतितोला रु. ९२ हजार तोकिएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी सोमबार प्रतितोला रु. एक हजार २५० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपासमा कारोबार भइरहेको बताइएको छ ।