logo
२०८२ भाद्र ७ शनिवार



पेट्रोल, डिजेल, मटितेल र एलपी ग्यासको मूल्य बढ्यो

अर्थ |


पेट्रोल, डिजेल, मटितेल र एलपी ग्यासको मूल्य बढ्यो


काठमाडौं, कात्तिक २४ गते । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटितेल र एलपी ग्यासको मूल्य बढाएको छ ।

निगमले बुधबार राति विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर तीन रुपियाँले वृद्धि गरेको छ भने खाना पकाउने एलपी ग्यासमा ७५ रुपियाँ बढेको जनाएको छ । मूल्य वृद्धि भएसँगै अब ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपियाँ कायम भएको छ ।

यसैगरी पेट्रोल २३६ रुपियाँ पुगेको छ भने डिजेल मटितेल प्रतिलिटर ११९ रुपियाँ पुगेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?