logo
२०८२ भाद्र ७ शनिवार

  दृश्य समाचार  



पहिले मन्त्री अहिले माैरीपालक किसान

अर्थ |


पहिले मन्त्री अहिले माैरीपालक किसान


गोकर्ण दयाल

बैतडी, कात्तिक २५ गते । सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान मन्त्री माया भट्टकाे दिन चर्या विगतमा झण्डावाल गाडीमा ओहाेरदाेहाेर र सार्वजनिक गतिविधिमा बित्थ्याे। तर अहिले उहाँकाे दैनिकी फेरिएकाे छ । राजनीतिको व्यस्तता बीच पनि उहाँ मौरीको मह काढ्न पछि पर्नुहुन्न । 'जसले मह काढ्छ उसले हात चाट्छ' भनेझैँ मौरीपालनको मीठो आम्दानी पनि उहाँ लिनुहुन्छ ।



पूर्वमन्त्री भट्टले बैतडीस्थित दशरथचन्द नगरपालिका–५ मा रहेको आफ्नै घरमा पालेका मौरीबाट वार्षिक तीन लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।

नेकपा (एमाले) बैतडीको संस्थापक सदस्यमध्येका नेता भट्ट हाल नेकपा समाजवादीको सुदूरपश्चिम सहइन्चार्ज एवं प्रदेश सभा सदस्य हुनुहुन्छ । चार दशकदेखि राजनीतिमा होमिनुभएका भट्टले राजनीतिसँगै उत्पादनमा जोडिनुपर्छ भन्दै २०५१ सालदेखि मैरीपालनमा लागेको बताउनुभयो । प्रदेश सरकारको मन्त्रीसमेत हुनुभएका भट्टले जनताको सेवाका लागि आफू लामो समयदेखि राजनीतिमा लागेको बताउनुभयो ।

“२०४८ सालमा कम्युनिस्ट पार्टीको झन्डा बोकेर हिँड्ने म एक्लो महिला थिएँ । गाउँगाउँमा सङ्गठन विस्तार गर्दा कम्युनिस्ट भनेपछि बास मिल्न कठिन हुन्थ्यो”, उहाँले भन्नुभयो, “समाजमा वर्गीय विभेद र लैङ्गिक उत्पीडन कायमै थियो । अहिले पनि यो विभेद हट्न सकेको छैन । सचेत मान्छेले समाज रूपान्तरणका लागि राजनीति गर्ने हो । राजनीतिसँगै उत्पादनसँग पनि जोडिनुपर्छ भनेर मैले मौरीपालन सुरु गरेको हुँ ।”

राजनीतिमा होमिँदा थुप्रै हन्डर खेपेको बताउँँदै नेता भट्टले २०५१ सालदेखि अहिलेसम्म मौरीपालनबाटै घरव्यवहार चलेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?