logo
२०८२ भाद्र ७ शनिवार



४०० रुपियाँले बढ्यो सुन   

अर्थ |


४०० रुपियाँले बढ्यो सुन   



काठमाडौँ, कात्तिक २६ गते । नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु. ४०० ले उकालो लागेर रु. ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु बिहीबार प्रतितोला रु. ९४ हजारमा कारोबार भएको थियो ।    
     
 नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ९०० रहनेछ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९३ हजार ५०० तोकिएको थियो ।    
    
 त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु. १५ ले उकालो लागेर एक हजार २८५ तोकिएकोे छ । चाँदी बिहीबार प्रतितोला रु. एक हजार २७० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?