काठमाडौं, कात्तिक ३० गते । नक्कली अन्तः शुल्क स्टिकर प्रयोग गरी राजस्व चुहावट गर्ने १२ जनाविरुद्ध साढे पाँच कारोड बढी विगो असुलीसहित राजश्व अनुसन्धान विभागले उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको छ ।
मुद्दा खेप्ने १२ जना डिष्टिलरी र बोटलर्स कम्पनीका सञ्चालक रहेका छन् ।
१२ जनाविरुद्ध पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपियाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी भएको विभागले जनाएको छ ।