logo
२०८१ जेष्ठ ४ शुक्रवार



बढ्न सकेन निक्षेप सङ्कलन

अर्थ |


बढ्न सकेन निक्षेप सङ्कलन



भेषराज बेल्बासे

काठमाडौँ, मङ्सिर १८ गते । पछिल्लो समय निरन्तर घट्दो क्रममा रहेको वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढ्न सकेको छैन । चालू आर्थिक वर्षमा वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन कर्जा प्रवाहको तुलनामा निकै कम देखिएको छ ।
बैङ्कहरूले निक्षेप तान्न मङ्सिरदेखि ब्याजदर बढाए पनि कात्तिकको तुुलनामा मङ्सिरमा पनि निक्षेप सङ्कलन घट्ने क्रम रोकिएको छैन । नेपाल बैङ्कर्स सङ्घको तथ्याङ्कअनुसार बैङ्कहरूको निक्षेप सङ्कलन विगत छ वर्ष यताकै न्यून देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा बैङ्कहरूको निक्षेप सङ्कलन जम्मा ३२ अर्ब रुपियाँले बढेको छ ।

चालू आवको मङ्सिर पहिलो साता चार अर्बले निक्षेप घटेको बैङ्किङ प्रणालीमा गत साता पनि करिब सात अर्ब रुपियाँ घटेको हो ।
नेपाल राष्ट्र बैङ्कले ब्याजदरमा सीमा तोकेपछि बैङ्कहरूबाट क्रमिक रूपमा निक्षेप घटिरहेको छ । गत आर्थिक वर्षको सोही चार महिनामा वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन एक खर्ब ६१ अर्ब रुपियाँले बढेको थियो । यस वर्षको सुरुवातदेखि नै बैङ्कहरूमा निक्षेप सङ्कलन निरन्तर घटिरहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को यसै अवधिमा बैङ्कहरूको निक्षेप एक खर्ब २१ अर्ब रुपियाँले बढेको थियो भने २०७५÷७६ मा ९६ अर्ब, २०७४÷७५ मा ७८ अर्ब, २०७३÷७४ मा ७६ अर्ब र आर्थिक वर्ष २०७२÷७३ मा पनि निक्षेप सङ्कलन ५६ अर्ब
रुपियाँले बढेको थियो ।
यसै वर्ष भदौ र असोजमा निक्षेप सङ्कलन केही बढेको भए पनि आर्थिक वर्षको सुरुवाती महिना असारमा नै निक्षेप सङ्कलन ७८ अर्ब रुपियाँले घटेको थियो । यस्तै गत कात्तिक महिनामा पनि निक्षेप सङ्कलन ३६ अर्ब रुपियाँले घटेको छ ।

कर्जा प्रवाह भने बढ्दो
बैङ्किङ प्रणालीबाट निक्षेप घटिरहेको छ भने कर्जा प्रवाह बढिरहेको छ । जसले गर्दा बैङ्कहरूको कर्जा निक्षेप अनुपातमा चाप परेको छ । मङ्सिरको दोस्रो साता वाणिज्य बैङ्कहरूको कर्जा निक्षेप अनुपात ९१ प्रतिशत पुगेको छ ।
मङ्सिरको दोस्रो सातामा बैङ्कहरूको निक्षेप सात अर्बले घटे पनि कर्जा लगानी भने १४ अर्ब रुपियाँले बढेको छ । यो महिनाको पहिलो सातामा करिब सात अर्ब रुपियाँले कर्जा विस्तार गरेका बैङ्कहरूले दोस्रो सातामा पनि निक्षेप घटे पनि कर्जा बढाएका हुन् । मङ्सिरको १० गतेसम्ममा बैङ्कहरूले कुल ४२ खर्ब १९ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् भने सोही अवधिसम्ममा बैङ्कहरूले कुल कर्जा ४० खर्ब ५५ अर्ब रुपियाँ पुगेको छ । वाणिज्य बैङ्कहरूले निक्षेप तान्न ब्याजदर बढाए पनि कात्तिकको तुुलनामा मङ्सिरमा निक्षेप सङ्कलन आठ अर्ब रुपियाँले कमी आएको छ ।

एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनील केसी बैङ्कहरूमा निक्षेप बढ्न नसक्नुमा सरकारी खर्च जुन रूपमा हुनुपर्ने त्यो हुन नसकेको बताउनुहुुन्छ । उहाँ भन्नुहुन्छ रेमिट्यान्स घटेको, आयात बढेको र कोरोनापछि रोकिएको बजार खुलेपछिको यो बेला सर्वसाधारणमा खर्च गर्ने प्रवृत्ति बढेको छ । निक्षेप बढ्न नसक्नुमा ब्याजदरको पनि कुरा आउला तर अहिले बैङ्कहरूले दिएको ब्याजदरलाई कम भन्ने अवस्था
नभएको उहाँको भनाइ छ ।
नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत तथा बैङ्कर्स सङ्घका पूूर्वअध्यक्ष अनिल शाह कर्जा बढेका कारण निक्षेप सङ्कलन कम देखिएको बताउनुुहुुन्छ । रेमिट्यान्स घट्यो, पर्यटन क्षेत्र पनि सुस्ताएको बेला छ । कोरोनापछिको चलायमान बनेको बेला कर्जाको माग बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?