logo
२०८२ भाद्र ४ बुधवार



सुख्खा बन्दरगाहमा क्षमताभन्दा दोब्बर कन्टेनर थन्किए

अर्थ |
प्रदेश |


सुख्खा बन्दरगाहमा क्षमताभन्दा दोब्बर कन्टेनर थन्किए


दिपकप्रसाद गौतम
वीरगञ्ज, मङ्सिर २९ गते । भारतीय नीजि रेलवे कम्पनीले सेवा सुरु गरेपनि वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा थन्किने कन्टेनरको संख्या घट्न सकेको छैन । पहिले भारतीय सरकारी स्वामित्वको रेलवे कम्पनीले मात्र कन्टेनर ढुवानी गर्नेगरेको थियो तर गत भदौ महिनादेखि भारतीय नीजि रेलवे कम्पनी हिन्द र स्प्रिटाईनले रेलवे ढुवानी सेवा दिदै आएको छ ।

वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा पछिल्लो समयमा ३ हजार १ सय २६ टियूईयस कन्टेनर थन्किएर रहेका छन् । १५ सय ६४ टियूईयस कन्टेनर राख्ने क्षमता रहेको सुख्खा बन्दरगाहमा पछिल्लो दिनमा दुई गुणा अर्थात ३ हजार १ सय २५ टियूई कन्टेनर थन्किएर रहेका हुन् ।

नेपाल ईन्टर मोडल यातायात विकास समितिका शाखा अधिकृत तर्कराज जोशीले सिर्सिया सुख्खा बन्दरगाहमा १६ सय ७४ टियूईयस खाली कन्टेनर, १४ सय ५१ टियूइ बिभिन्न सामग्रीले भरिएका लोडेड कन्टेनर रहेको बताउनुभयो । जुन रेलवे कम्पनीले ल्याएको हो त्यही कम्पनीले आफ्नो मात्र खाली कन्टेनर फिर्ता लैजाने भएकाले कन्टेनर थन्किएको उहाँले बताउनुभयो ।

लोडेड कन्टेनर ३ तह र खाली कन्टेनर ४ तहमा राखिने गरेको बताउँदै उहाँले भन्नुभयो “कन्टेनरको जाँचपासका लागि चेकजाँच गर्दा कन्टेनर तल्लो तहमा ल्याउनु पर्ने भएकाले केही झन्झटिलो भएको छ ।” कन्टेनरलाई पटक पटक यता उता राख्ने लरी तथा रेलमा लोड अनलोड गर्ने कार्य धेरै कन्टेनर हुदाँ ढिलो हुनेगरेको उहाँको भनाई छ ।

सरदरमा दैनिक ३ वटा रेल आउने सुख्खा बन्दरगाहमा सरदरमा २ रेलमा कन्टेनर आउनेगरेको नेपाल ईन्टर मोडल यातायात विकास समितिका शाखा अधिकृत जोशीले जानकारी दिनुभयो । गत कात्तिक महिनामा ६७ वटा रेल कन्टेनर बोकेर आएको तथ्याङ्क देखाउर्दै जोशीले भन्नुभयो । त्यस्तै, २१ वटा बोरी लोड भएका रेल र १० वटा फलाम बिआरएल रेल गत कात्तिक महिनामा आएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?