सिन्धुली समाचारदाता
सिन्धुलीमाढी,पुस १ गते । गाउँघरमा प्रयोग हुने घरेलु कृषि औजार उत्पादन गरी जीविकोपार्जन गर्दै आएका विश्वकर्माको पेसा सङ्कटमा परेको छ ।
घरेलु प्रविधिबाट उत्पादन गरिने फलामका यस्ता कृषि औजारहरू सस्तो मूल्यमा बजारमा पाइन थालेपछि विश्वकर्माको पेसा सङ्कटमा परेको हो । कमलामाई नगरपालिका–४ निवासी रामबहादुर कामी घरेलु प्रविधि प्रयोग गरी फलामबाट बनाएका खुकुरी, कँचिया, हँसिया, खुँडा, बञ्चरो, कोदालोलगायतका औजारहरू बजारमा किन्न पाइनेभन्दा महँगो पर्ने हुनाले आफ्नो पेसा सङ्कटमा परेको बताउनुहुन्छ ।
आरन थापेर कृषि औजार बनाउँदा पाइने ज्यालाबाट जहान÷परिवार पाल्न समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, राम्रै कमाइ हुन्थ्यो पहिला । फलामका कृषि औजार बनाउने पनि धेरै थिए । अहिले बूढाबूढी दुई जना मात्रै छौँ । आरनबाट हुने कमाइले जीविका चलाउन पनि धौ–धौ परेको छ ।
सिन्धुली जिल्लाका प्रायः सबैजसो स्थानीय तहका वडामा विश्वकर्मा समुदायको बासेबास छ । फलामलगायत पित्तल र तामाका सामान बेचेर त्यसैको आम्दानीबाट गुजारा चलाउने समुदाय यतिखेर पुख्र्यौली पेसा छाड्नुपर्ने डरले चिन्तित छन् । दुई दशकदेखि यही पेसालाई निरन्तरता दिँदै आइरहेका सुनकोसी गाउँपालिका–६, सित्तलपाटीका पूर्णबहादुर विश्वकर्माले बाहिरबाट फलाम ल्याएर समान बनाउँदा मूल्य बढी पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, स्थानीय उत्पादनको महìव बुझ्दैनन्, बजारिया सामान बढी रुचाउँछन् ।
आरनको काम कठिन रहेको बताउँदै उहाँले भन्नुभयो, दुई जनाबिना आरनको काम गर्न कठिन हुन्छ । घन पनि पिट्नै प¥यो, खलाँती पनि तान्नै प¥यो । वनमा गएर गोल पनि आफैँले खोजेर ल्याउनुपर्छ ।