logo
२०८० चैत्र १६ शुक्रवार

  बहसमा फुटपाथ व्यापार  



'न्यूयोर्कमा पनि छ, कानुन बनाएर बाधा नपर्ने गरी दिनुपर्छ'

अर्थ |


'न्यूयोर्कमा पनि छ,  कानुन बनाएर बाधा नपर्ने गरी दिनुपर्छ'


काठमाडौं,पुस २ गते गते । काठमाडौंका मुख्य–मुख्य सडकका छेउछाउमा फुटपाथ व्यापार गर्नेहरु प्रशस्त भेटिन्छन् । कतिपय ठाउँमा मानिसलाई आवतजावत गर्न नै समस्या हुनेगरी सामान बेच्नेहरु हुन्छन् ।
फुटपाथ व्यापारले महानगर कुरुप देखिने गरेकाले फुटपाथमा व्यापार गर्न नपाइने काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरका उपप्रमुख हरिप्रभा खड्कीले फुटपाथमा तरकारी व्यापार गर्न बिहान र साँझमा तीन घण्टा समय छुट्याएकाले त्यो भन्दा विपरित फुटपाथमा व्यापार नगर्न नपाइने जनाउनुभएको छ ।
सटर भाडा तिर्नु नपर्ने भएकाले फुटपाथमा व्यापार गर्नेहरु धेरै हुने गरेका छन् । विहान साढे ७ वजेसम्म फुटपाथमा तरकारी मात्र व्यापार गर्न दिने त्यसपछाडि दिउँसो पाँच बजेसम्म फुटपाथ व्यापार गर्न नपाउने उपप्रमुख खड्काले बताउनुभयो । बेलुका पाँच बजेदेखि बेलुका सात बजेसम्मको लागि मानिसलाई बाधा नपर्ने गरि तरकारी व्यापार गर्न पाइने उहाँले बताउनुभयो । ‘व्यापार नगर्न महानगरले नदिने कुरै हुँदैन, सटर खाली नै छन् त्यहाँ व्यापार गर्नुपर्ने हो । तर,भाडा तिर्नु नपर्ने भएकाले धेरै मानिसले फुटपाथर्म व्यापार गर्ने देखिएको छ । यसले कर तिरेर व्यापार गर्नेहरुलाई असर पर्छ,’खड्कीले भन्नुभयो।
करको दायरामा नआउने र हिड्ने मानिसलाई पनि असर गरि फुटपाथमा सामान राख्ने गरेकाले सामान जफत गर्ने गरिएको उहाँको भनाइ छ ।
महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने फुटपाथमा व्यापार गर्नका लागि प्रतिबन्ध लगाएकाले व्यापार गर्नेहरुको सामान जफत गर्ने गरिएको बताउनुभयो । ‘यो प्रतिबन्धित काम हो । फुटपाथमा व्यापार गर्नेका सामान नगर प्रहरीले जफत गर्ने गरेको छ ।जनशक्ति ,साधन स्रोतको अभावमा भने काममा बाधा पुगेको छ,’उहाँले भन्नुभयो ।
गत आ.मा फुटपाथबाट ५२ लाख बराबारको सामान जफत गरेको उहाँले बताउनुभयो । फुटपाथबाट उठाएको सामान लिलाम गरिने व्यवस्था छ ।
यता,पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाले सडकमा फुटपाथ व्यापार गर्ने परम्परा अन्तराष्ट्रिय स्तरमा पनि हुने गरेको बताउनुभयो ।अमेकिाका सडकमा पनि फुटपाथमा व्यापार गर्नेहरु देखिने गरेको उहाँले सुनाउनुभयो । ‘अमेरिकाको वासिङ्टन डिसिका सडकमा पनि फुटपाथ व्यापार गर्नेहरु प्रशस्त भेटिन्छन् । तर, त्यहाँ भने व्यपार गर्ने र माग्न बस्नेहरुको प्रवत्ति र नियम आफ्नै हुन्छ,’उहाँले भन्नुभयो ।
नेपालमा पनि परिचयपत्रका आधारमा गरिव असाहाय,विपन्नहरुलाई नियम नै बनाएर सडक किनारमा व्याापार गर्न दिनु राम्रो हुने उहाँले बताउनुभयो । ‘नेपालमा पनि असाहाय,विपन्न, गरिबलाई पनि केही नियम बनाएर सडक छेउछाउमा मानिहसलाई हिड्न बाधा नपर्नेगरि व्यापा गर्न दिनुपर्छ,’ उहाँले भन्नुभयो ‘नेपलमा १८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी छन् । २६ लाख बेरोजगार छन् उनिहरुले खान लगाउनको लागि सडक छेउमा केही व्यापार गर्न खोज्छन् भने किन नदिने ? चारेर खानु भन्दा त व्यापार गरेर खान दिनु ठिक भयो नि ।
सडकलाई व्यापारको प्रमुख स्थान मानिन्छ । सडकमा फुटपाथ व्यापारले ठूला उद्योगीहरुको व्यापारमा असर पर्ने ठानेर यसको विरोध गर्ने गरिएको बास्कोटा बाउनुहुन्छ । सडकमा फुटपाथमा बेचीने सामान जहाँ जे आवश्यकता छ त्यहाँ त्यहि मात्र बेच्ने गरेकाले फुटपाथ व्यापारलाई नराम्रो रुपमा लिन नहुने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?