logo
२०८१ मंसिर १४ शुक्रवार



‘विकास बजेट खर्च नहुँदा सबै क्षेत्र प्रभावित’

अर्थ |


‘विकास बजेट खर्च नहुँदा सबै क्षेत्र प्रभावित’



रामेछाप समाचारदाता

रामेछाप, पुस ४ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले विकास बजेटको १० प्रतिशत पनि खर्च गर्न नसक्दा त्यसको प्रभाव हरेक क्षेत्रमा परेको बताउनुभएको छ ।
रामेछाप उद्योग वाणिज्य सङ्घको १३औँ वार्षिक साधारण सभाको शनिबार मन्थलीमा उद्घाटन गर्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।

तरलताको अभावले बैङ्कहरू लगानी गर्नसक्ने अवस्थामा नरहेको चर्चा गर्दै ढकालले निजी क्षेत्रलाई उत्पादनको क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन राज्यले उचित ऐन कानुन बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “लगानीमैत्री वातावरण बने निजी क्षेत्र लगानी गर्न तयार छ । ” उहाँले रामेछापमा रहेको ठोसे फलाम खानी सञ्चालनमा नेपाली उद्योगी तयार रहेको र यसका लागि आवश्यक वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले कृषि र स्थानीय उत्पादनमा आधारित साना उद्योगको क्षेत्रमा लगानी नगर्ने हो भने नेपालको आर्थिक विकास हुन नसक्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?