logo
२०८१ मंसिर १३ बिहीवार



नयाँ नोट बजारमा

अर्थ |


नयाँ नोट बजारमा



गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १० गते । सगरमाथा, लालीगुराँस, पाटेबाघ र कुबेरको चित्रले सजिएका ५०० रुपियाँका नयाँ नोट शुक्रबारदेखि नेपाली बजारमा आएका छन् । 
नेपाल राष्ट्र बैङ्कले शुक्रबारदेखि ५०० रुपियाँका नयाँ नोट प्रचलनमा ल्याएको हो । राष्ट्र बैङ्कअन्तर्गत मुद्रा व्यवस्थापन विभागका अनुसार साबिककै आकारमा तथा रङमा, सङ्केत नं. छ/३८०००००१ देखि झ/४२९९९९९९ सम्मका ५०० रुपियाँ दरका नयाँ नोट चलनचल्तीमा आएका हुन् । 

नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । गभर्नरको दस्तखत रहने स्थानमा महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने तल्लो भागमा बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा र वि. सं. २०७७ लेखिएको छ।

३.५ मिमि चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको छ । सगरमाथा हिमालको दायाँतर्फ अण्डाकारभित्र रङ परिवर्तन हुने (नोटलाई सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?