बाबुराम शर्मा
चरीकोट, पुस १० गते । दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेका कमल कार्कीले नोकरी र विदेशको हन्डरबाट ठक्कर खाएर गरेको बाख्रापालनले राम्रो आम्दानी दिन थालेको छ । बाबुबाजेका पालादेखि गर्दै आएको स्थानीय जातका बाख्रापालनलाई परिवर्तन गरी उन्नत जातका बाख्रापालन गरेपछि वार्षिक छ लाख रुपियाँ कमाइ हुन थालेको किसान कार्कीले बताउनुभयो ।
उहाँका अनुसार गत दुई वर्षदेखि बाख्रा पालनलाई व्यवसायिक बनाएको हो । दुई, चार हुँदै यो वर्ष छ लाख रुपियाँ कमाइ भएको हो । गाउँमा जनशक्ति अभाव छ । लगानी पनि भने जस्तो गर्न पाइएको छैन । कमाइ बढ्दै गएपछि बाख्रापालनले आकर्षित गरेको छ । बच्चाहरु पढाइतिर छन् ।जनशक्ति नहुँदा अहिले श्रीमती र म मात्र खटेका छौँ । भ्याइ नभ्याइ छ ।
छ वर्षे विदेश दुबईको हन्डर स्मरण गर्दै उहाँले भन्नुभयो, अर्काको दास बनेर पनि खासै कमाउन नसकेपछि धिक्कार आप्mनै देसमा केही गर्छु भनेर बाख्रापालनमा लागेको हुँ । यो पेसा त अहिले वरदान सावितन हुन थालेको छ । धेरै हारगुहार गर्दा पनि प्रदेshबाट बोको किन्न ७५ हजार र गाउँपालिकाले ६० हजार मात्र दिएका छन् । खोर बनाउन डेढ लाख र बाख्रा बोका खरिदमा आठ लाख रुपियाँ खर्च भइसकेको छ ।
उत्पादित पाठापाठी र खसी बेच्दा आगामी साल त लगानी उठिहाल्छ नि । उहाँले भन्नुभयो, उन्नत जातको तीन महिने पाठी छ हजारमा विक्री हुन्छ । खसी काठमाडौँ लगेर बेच्ने गरिएको छ । एउटाको ५०/६० हजार त आइहाल्छ । जमुनापारि र बोयर । जातका गरी अहिले माउ ११ र पाठापाठी खसी १८ गरी २९ वटा छन् ।
बाख्रा पालनलाई भरथेग गर्न उहाँले भैँसी र कुखुरा पालन पनि गर्नुभएको छ । उहाँले भन्नुभयो, खेतीलाई मल पनि हुने आम्दानी पनि हुने भनेर बाख्रा पाल गरिएको हो । दूध, अन्डा र तरकारी घरबाटै विक्री हुन्छ, बजारको समस्या छैन ।
व्यावसायिक बनेपछि कमला बाख्रा फर्म दर्ता गरिएको छ । श्रीमती कमला कार्की फस्टाउँदै गरेको पेसालाई थप गर्न ऋण समेत नपाएकोमा दुःख लागेको गुनासो गर्दै भन्नु हुन्छ, अनुदान चाहिएको छैन, ऋण दिए हुन्थ्यो । बैंकहरुलाई ऋण देऊ भन्दा पनि आनकानी गरिरहेका छन् । लोकल कुखुरा खुवाउँछु पनि भने तर ऋण पाइनँ ।
किसान कमल कार्की आपूmले पढ्न नपाएकोमा दुःखी हुनुहुन्छ ।
उहाँले भन्नुभयो, नौ कक्षाभन्दा बढी पढ्नत पाइँन । पढाइ गुमेपछि प्रहरीमा तीन वर्ष जति काम गरेँ । सङकट कालमा यो जागिर पनि छोड्न बाध्य भएर विदेसिनु परेको हो । विदेशले पनि केही गरेन । आप्mनै गाउँमा पसिना बगाउने सोचले राम्रै बाटोतिर लागेकोमा सन्तुष्ट बन्दै छु । दुई छोराले स्नातक गरे भने छोरी नौ कक्षामा पढ्दैछिन् ।