logo
२०८० चैत्र १६ शुक्रवार

  चालु आवकाे पहिलाे चाैमासिक समीक्षा  



बाह्य ऋण १.६२ प्रतिशत बढ्याे आन्तरिक ऋण ३.६१ प्रतिशतले घट्यो

तीन महिनामा थपियो साढे १९ अर्ब सार्वजनिक ऋण, तिरियो झन्डै ४२ अर्ब रुपियाँ

अर्थ |


बाह्य ऋण  १.६२ प्रतिशत बढ्याे आन्तरिक ऋण ३.६१ प्रतिशतले घट्यो


काठमाडौँ, पुस १२ गते । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले १९ अर्ब ४९ करोड रुपियाँ ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७८÷७९ को साउनदेखि असोजसम्म सरकारले उक्त रकम बराबरको बाह्य ऋण लिएको हो तर समीक्षा अवधिमा सरकारले आन्तरिक ऋण भने लिएको छैन ।

सो कार्यालयका अनुसार पहिलो त्रैमासमा सरकारले लिएको ऋणभन्दा ऋणबापतको भुक्तानी धेरै छ । यस अवधिमा सरकारले बाह्यतर्फ पाँच अर्ब १७ करोड र आन्तरिकतर्फ २९ अर्ब गरी कुल ३४ अर्ब १७ करोड रुपियाँ ऋण भुक्तानी गर्न सफल भएको छ । त्यस्तै बाह्य ऋणबापत सरकारले एक अर्ब ६२ करोड र आन्तरिक ऋणतर्फ छ अर्ब १३ करोड रुपियाँ ब्याज रकम पनि भुक्तानी गरेको छ । ब्याजसहित सरकारले पहिलो त्रैमासमा ४१ अर्ब ९३ करोड रुपियाँ भुक्तानी गरेको छ ।

बाह्यतर्फ नेपालले सबैभन्दा बढी बहुपक्षीय दातृ संस्थाबाट १६ अर्ब ३१ करोड रुपियाँ ऋण लिएको छ । त्यस्तै द्विपक्षीय दातृ निकायबाट तीन अर्ब १८ करोड रुपियाँ ऋण लिएको कार्यालयको तथ्याङ्क छ ।
समग्रमा पहिलो त्रैमासमा बाह्य ऋण १.६२ प्रतिशतले बढेको छ । आन्तरिक ऋण भने ३.६१ प्रतिशतले घटेको छ ।

नेपालको कुल सार्वजनिक ऋणको आकार गत आर्थिक वर्षको तुलनामा केही घटेको छ । सार्वजनिक ऋण बढेर आलोचना खेपिरहेको सरकारका लागि यसले भने केही राहत मिलेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म १७ अर्ब ३७ करोड कुल सार्वजनिक ऋण रहेकामा प्रथम त्रैमासमा घटेर १७ अर्ब २३ करोड पुगेको छ । अर्थात् सार्वजनिक ऋणको आकार समीक्षा अवधिमा १४ अर्बले घटेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?