logo
२०८१ मंसिर १३ बिहीवार



‘आर्थिक समृद्धि साझा लक्ष्य’

अर्थ |


‘आर्थिक समृद्धि साझा लक्ष्य’


विष्णुप्रसाद पोखरेल

दमक, पुस १३ गते । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विलासितामा रमाउने संस्कृति र नेपाली उत्पादनको विश्वव्यापीकरण हुन नसक्दा मुलुकको आर्थिक अवस्था बिग्रँदो रहेको बताउनुभएको छ ।
‘वर्तमान आर्थिक अवस्था र व्यवसायीको पीडा’ विषयमा दमकमा आयोजित छलफल कार्यक्रममा ओलीले मुलुकको आर्थिक समृद्धि सबैको साझा उद्देश्य हुनुपर्नेमा जोड दिँदै व्यवसायीका समस्या सम्बोधन गर्दै आर्थिक समृद्धिको सपना पूरा गर्न लाग्नु साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो ।

यसका लागि आफ्नो आनीबानीमा सुधार ल्याउनुपर्ने कुरामा जोड दिँदै पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “अति आवश्यकीयबाहेकका आयातित सामग्री प्रयोगलाई निरुत्साहित गर्नुपर्छ । ” उहाँले नेपाली उत्पादनलाई विश्व बजारमा पु¥याउन सके आर्थिक उन्नतिमा टेवा पुग्ने बताउनुभयो । आफ्नो कार्यकालमा भएका सडक निर्माण, सुरुङ मार्ग निर्माण, रेल कुदाउने सपना विकास र समृद्धिका लागि नै भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा व्यवसायी गणेश बस्नेत, प्रकाश अधिकारीलगायतले व्यवसायीका समस्याबारे जानकारी गराउँदै राजनीतिक दल र यसको नेतृत्व यसप्रति गम्भीर नभएको गुनासो गर्नुभयो । ओलीले शनिबार र आइतबार दमकका विभिन्न कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । उहाँले दमकको क्याम्पस मोडदेखि आम्दा हुँदै पाङ्नी चोक जोडने सडकको उद्घाटन र शान्तिमार्गबाट दमकको सिटी हल जोड्ने सडक कालोपत्रेको शिलान्यास पनि गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?