logo
२०८१ बैशाख १२ बुधवार



पाँच महिनामा १४ करोड बराबरको नून बिक्री

अर्थ |


पाँच महिनामा १४ करोड बराबरको नून बिक्री


वीरगञ्ज, पुस १४ गते । साल्टटे«डिङ कर्पोरिशन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कुल १४ करोड मूल्य बराबरको नूनजन्य सामग्री बिक्री गर्न सफल भएको छ ।

कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा कुल १४ करोड ३५ लाख २५ हजार ३२५ बराबरको नूनजन्य सामग्री बिक्री गरेको थियो । कार्यालय प्रमुख अमोज लामिछानेले गत आर्थिक वर्ष २०७७/७८ मा २७ करोड १० लाख ५५ हजार ८५० बराबरको नूनजन्य सामग्री बिक्री गरेको जानकारी दिनुभयो । २०२० साल भदौ २७ गते सार्वजानिक निजी साझेदारीमा स्थापित सो कर्पोरेशनले पछिल्लो समय ऐतिहासिक फड्काे मारेको छ । संस्थामा सरकारको २२ प्रतिशत शेयर लगानी छ ।

स्थापनाका ५८ वर्षमा कर्पोरेशनले दैनिक उपभोग्य वस्तु नून, चिनी, चामल, दालअन्य गेडागुडी, खाने तेल, आँटा, मैदा, ग्यासलगायतका वस्तु सर्वसुलभ रुपमा बिक्री वितरण गर्दै आएको छ । कर्पोरेशनले आफ्नो लगानीमा गोरखकाली रबर उद्योग, खाद्य उद्योग , नेपाल वनस्पति घिउ उद्योग लिमिटेड लगायत हिमालय खाद्य एवं प्याकिङ उद्योग स्थापना गरेको थियो । यसैगरी नेशनल फाइनान्स लि, सगरमाथा इन्स्योरेन्स जस्ता संस्थाको स्थापना गरेर देशलाई औद्योगीकरणको दिशामा अघि बढाएको छ । सरकारले दिएको नीति निर्देशनमा कर्पोरेशनले समयमै आयात व्यवस्था गरेर चिनी, नून, चामल र मलको कमी हुन दिएको छैन ।

कर्पोरेशनले बिक्रीवितरण गर्दै आएको आयोडिनयुक्त नून दक्षिण एसियामै सस्तो छ । कर्पोरेशनले ७ वर्षअघिकै मूल्यमा नूनको सहजरुपमा बिक्रीवितरण गर्दै आएको छ । आयोडिनयुक्त नूनकै कारणले पहाडी र दुर्गम क्षेत्रमा लुलो लङ्गडो हुने, गाँड आउने, हात्तीपाइले, अन्धो हुनेजस्ता रोग हटेको जनाइएको छ । सरकारले मल आयात र बिक्री वितरणको सम्पूर्ण जिम्मा कर्पोरेशनलाई दिने हो भने बाली लगाउने र किसानलाई चाहिने बेलामा मलको हाहाकार नहुने जनाइएको छ । कर्पोरेशनले विसं २०७२ वैशाखको विनाशकारी भूकम्पपछि घर पुनर्निर्माण गर्न जस्तापाता आयात गरी बिक्री वितरण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?