गोकर्ण पौडेल
तुल्सीपुर पुस १५ गते । लगातार परेको हिउँदे वर्षाका कारण दाङ जिल्लामा चौध करोड बढी काँचो ईटा नष्ट भएको छ । ईटा व्यवसायी समितिका सहसचिव टेशीराज पोखरेलकाअनुसार जिल्लाका ३३ ईटा उद्योगमा पकाउनका लागि तयारी अवस्थामा राखिएका करिब बाह्र करोड रुपियाँ बरावरका काँचो ईटा नष्ट भएको हो ।
एउटा उद्योगमा कम्तिमा पाँचदेखि आठ लाखसम्मको काँचो ईटामा क्षति पुगेको सहसचिव पोखरेलले जानकारी दिनुभयो । मौसममा एक्कासी आएको परिवर्तनले ईटा सुरक्षितरुपमा राख्न नसकिएको पोखरेलले बताउनुभयो । एउटा काँचो ईटा तयार पार्न सात रुपियाँ खर्च लाग्ने उहाँले बताउनुभयो ।
जिल्लाभरका ३३ वटा इट्टा उद्योगको करिब १२ करोड मूल्य बराबर ईटामा क्षति पुगेको व्यवसायीको भनाई छ । राज्यसँग काँचो ईटाको बिमाका लागि आग्रह गरिए पनि यसतर्फ बिमा कम्पनी र राज्यले ध्यान दिन नसक्दा वर्षेनी व्यवसायीहरुले हिउँदे वर्षाका कारण क्षति व्यहोर्नु परेको उहाँले पोखरेलले बताउनुभयो । व्यवसायीहरुले करमा छुटको माग गरेका छन् ।