logo
२०८१ मंसिर १२ बुधवार



स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन

अर्थ |


स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन


गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २७ गते । नेपाल राष्ट्र बैङ्कले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । सोमबार सर्कुलर सूचना जारी गर्दै राष्ट्र बैङ्कले कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गर्ने मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।
नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा सङ्क्रमणको जोखिमलाई न्यूूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्ने, सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

बैङ्क तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटीएम बुथबाट हुन सक्ने सङ्क्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजरलगायतका सामग्रीको व्यवस्था गर्ने तथा बैङ्क तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिमजस्ता कार्यक्रममा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?