logo
२०८१ मंसिर १२ बुधवार



असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

अर्थ |


असिना पानीले तरकारी र हिउँदेबाली नष्ट


डोटी, पुस २८ गते । बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् ।

बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताउनुभयो । उहाँका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी पु¥याएको छ ।

यसैगरी भित्र्याउन लागेको अदुवा खेतीलाई पनि असिनाले क्षति गरेको स्थानीयवासी बताउँछन् । सुन्तला र कागतीका दानासमेत असिनाले झारिदिएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?