logo
२०८१ मंसिर ११ मंगलवार



महाकाली सिँचाइ आयोजना : २२ शाखा नहर निर्माणको प्रक्रियामा

अर्थ |


महाकाली सिँचाइ आयोजना : २२ शाखा नहर निर्माणको प्रक्रियामा


महेन्द्रनगर, माघ १९ गते । कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी थालिएको छ । कञ्चनपुरमा २२ वटा शाखा नहर निर्माणको गृहकार्य अघि बढाइएको छ ।

मूल नहर निर्माण सुरु गरेको डेढ दशकपछि साना र ठूला गरी यहाँ झण्डै ५० किलोमिटर लामो शाखा नहर निर्माणका लागि योजना अघि बढाइएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिनुभयो । करिब १३ किलोमिटर मुल नहर निर्माण सकिए पनि आयोजनाअन्तर्गत बाँकी १५ किलोमिटर मुल नहर निर्माणाधीन अवस्थामै छ ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरशाखा नहर निर्माणको तयारी तीव्र पारेको छ । “शाखा नहर निर्माणका लागि योजना बनाउँदै छौँ”, पण्डितले भन्नुभयो, “आगामी फागुनभित्र शाखा नहर निमार्णको ठेक्का आह्वान गर्ने तयारी छ ।” भारतले महाकाली नदीदेखि नेपाल–भारत सीमासम्म बनाउनुपर्ने नहरका संरचना तयार गरिसकेको छ । महाकाली सन्धीअनुसार भारतले नेपालको सीमासम्म यहाँ एक हजार दुई सय मिटर मूल नहर र हेडरेगुलेटर लगायतका संरचना बनाउनुपर्ने हुन्छ । सोही अनुसार भारतले नहर निमार्ण लगभग अन्तिम चरणमा पुर्याएको इन्जिनियर पण्डितको भनाइ छ ।

आयोजनाले नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ करिब दुई सय मिटर मूल नहर निर्माण गर्न बाँकी छ । सो नहर भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा पर्छ । शून्य बिन्दुदेखि २८ किलोमिटर मूल नहर बनिरहेको क्षेत्रसम्म अहिले शाखा नहरको काम समेत अघि बढेको छ । “निमार्णाधीन १५ किलोमिटर मूल नहर बीचमा जग्गा मुआब्जा र सामुदायिक वनमा रुख कटानका कारण ढिलाइ भएको हो”, उहाँले भन्नुभयो ।

त्यसैगरी सिँचाइले कञ्चनपुरको महाकाली पारी दोधारा चादँनीमा समेत नहर निर्माणका लागि सर्वे थालेके भए पनि स्थानीयको अवरोध पछि केही समय स्थगन भएको छ । “स्थानीयले अवरोध गरेपछि दोधारा चादँनीमा सर्वेको काम अहिले रोकिएको छ”, पण्डितले भन्नुभयो, “त्यहाँ महाकालीबाट सिँचाइका लागि ३५० क्युसेक पानी लगिनेछ ।” हाल निर्माणाधीन १५ किलोमिटर मूल नहरका लागि रु दुई अर्ब ३० करोडको ठेक्का सम्झौता भए अनुसार काम भइरहेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?