logo
२०८१ मंसिर ११ मंगलवार



नीलकण्ठमा औद्योगिक ग्राम बन्दै

अर्थ |


नीलकण्ठमा औद्योगिक ग्राम बन्दै


मुरारी अधिकारी
धादिङ, माघ २१ गते । धादिङको नीलकण्ठ नगरपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बिहीबार भएको सम्झौतामा नीलकण्ठ नगरपालिका–८ स्थित रामकोट घिउरिनटारमा रहेको ५० रोपनी क्षेत्रफलमा उक्त औद्योगिक ग्राम स्थापना हुने भएको हो ।

१४ करोड लागतको डिपिआर रहेको औद्योगिक ग्राम गत पुस ३० गतेका दिन मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको थियो । औद्योगिक ग्रामको स्थापनाबाट स्थानिय कच्चा पदार्थमा आधारित उद्योगहरु स्थापना गरि युवा रोजगारी, उद्यमशिलताको विकासमा समग्र नीलकण्ठ नगरपालिका र धादिङ जिल्लाकै आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा रहेको नरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले बताउनुभयो ।

सम्झौतामा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलले हस्ताक्षर गरेका छन् । चालु आवमा नै पूर्वाधार विकासका लागि ९२ लाख रुपिया दिने सचिव स्तरिय निर्णय समेत भएको प्रमुख ढुङ्गानाले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?