logo
२०८१ मंसिर ११ मंगलवार



गौतम बुद्ध विमानस्थल बन्द

अर्थ |


गौतम बुद्ध विमानस्थल बन्द


भैरहवा समाचारदाता

भैरहवा, माघ २२ गते । टावरमा समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल नजिक चट्याङ परेका कारण टावरमा समस्या आएको विमानस्थलले जनाएको छ । शुक्रबार परेको वर्षा र हावासँगै विमानस्थल नजिकै चट्याङ परेको थियो । टावरमा समस्या देखिएपछि अपराह्नदेखि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब ४ बजे टावर नजिकै परेको चट्याङका कारण टावरमा धुवाँ आएको थियो । यसका साथै टावरको तार चँुडिएको र रन वेको पापी (पीएपीआई) लाइट बिग्रेका कारण विमानस्थल बन्द गरिएको दहालले जानकारी दिनुभयो । “टावरमा समस्या आएका कारण विमानस्थल बन्द गरिएको छ,’’ दाहालले भन्नुभयो “शनिबार पापी लाइट बने राति अवतरण हुनेछ अन्यथा भीओआर प्रविधिको प्रयोगबाट दिउँसो मात्र विमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको छ । ” विमानस्थल बन्द भएपछि भैरहवा विमानस्थलबाट विभिन्न जिल्ला जान हिँडेका यात्रु र यहाँ आउने यात्रु प्रभावित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?