logo
२०८१ मंसिर ११ मंगलवार



सल्यानमा उच्च गतिको इन्टरनेट सेवा

अर्थ |


सल्यानमा उच्च गतिको इन्टरनेट सेवा
फाइल फाेटाे


प्रतीक इच्छुक शर्मा
सल्यान, माघ २२ गते । यहाँ नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टू द होम सेवा सुरु भएको छ । सदरमुकाम खलंगामा पहिलोपटक अधिवक्ता डम्बर वली एफटिटीएचको ग्राहक बनेर पहिलो पटक सेवा आरम्भ गरिएको हो ।

यहाँका पुरानो बसपार्क, डाँडागाउँ, ठण्डीसडक, साहुटोल, जिप्रका रोडलगायतका स्थानमा सेवा जडान गर्ने कार्य सुरु गरिएको हो । फाइबर टू द होम अर्थात् एफटिटीएच सेवाअन्तर्गत एउटै केवलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुतगतिको इन्टरनेट र टेलिभिजन प्रयोगमा ल्याउन सकिने नेपाल टेलिकम सल्यानले जनाएको छ ।

नेपाल टेलिकम सल्यानका प्रमुख युद्धबहादुर केसीले नेपाल टेलिकमले एफटिटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेजसमेत उपलब्ध गराइरहेको बताउनुभयो । उहाँका अनुसार यो इन्टरनेटको क्षमता पनि अरुभन्दा छिटोछरितो छ, उच्च गतिको भाइवरबाट सञ्चालन हुने भएकाले ग्राहकलाई राम्रै फाइदा छ ।

हाल जिल्लामा एक हजार २४ लाइन एफटिटीएच वितरण क्षमता छ । जिल्लामा यसअघि एडिएसएल र फोरजी सेवा विस्तार गरिँदै आएको भए पनि अबदेखि जिल्लाका सबै ठाउँमा एफटिटीएच सेवा सञ्चालन हुने केसीको भनाइ छ ।

प्रादेशिक निर्देशानलय कर्णाली प्रदेशका प्रमुख अनन्त मल्लिकले एफटिटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी र अत्याधुनिक भएको बताउनुभयो । उहाँका अनुसार पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले पनि सेवा अपग्रेड गरी एफटिटीएच सेवा लिनसक्ने र यो आइपीमा आधारित सेवा भएका छ । यो सेवा कर्णाली प्रदेशको सुर्खेत, दैलेखसँगै हाल सल्यानमा पनि विस्तार गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?