logo
२०८१ मंसिर ९ आईतवार

  दृश्य समाचार  



पर्यटन क्षेत्र ठप्प हुनु र विदेशी सहायता 'होल्ड' हुनुले तरलता अभाव

अर्थ |
पढ्नै पर्ने |


पर्यटन क्षेत्र ठप्प हुनु र विदेशी सहायता 'होल्ड' हुनुले तरलता अभाव


अजय क्षेत्री, दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ्ग

काठमाडौं, माघ २५ गते । नेपालमा विदेशी मुद्रा आर्जनमा कमी, कोरोनाका कारण पर्यटक घट्नु र विदेशी सहायता होल्ड भएर तरलता अभाव देखिएको छ । अहिलेको तरलता अभावबारे पूर्व अर्थ सचिव रामेश्व खनाल भन्नुहुन्छ ‘अहिले नेपाल विदेशी मुद्रा आर्जन कमजोर भएको छ । कमजोर हुनु कारण पर्यटन क्षेत्रबाट प्रत्येक वर्ष डेढ–दुई अर्ब भित्रिन्थ्यो । पर्यटनले नेपालको अर्थतन्त्रमा सात आठ प्रतिशत योगदान गरेको छ । त्यसमा आधा विदेशी मुद्रा हुन्थ्यो । तर,  दुई वर्षदेखि कोरोनाको कारण त्याे घटेको छ’ ।


विदेशी सहायता पनि होल्ड भएकाले पनि यस्तो भएको हुन सक्ने खनालको भनाइ छ । यस्तो अवस्थामा बैंक संम्यमित भए व्यवस्थित हुन्थ्यो ।’उनीहरुले नाफा हेरेर उपभोग्य बस्तुमा लगानी गरे यसले पनि समस्या भएको उहाँको भनाइ छ ।
नेपाली रुपियाँबाट डलर किनेर विदेश पठाइयो भने नेपाली रुपियाँ राष्ट्रबैंका रिजर्भ भएर बस्छ यसले बजारमा नेपाली मुद्र घट्छ । सरकारले धेरै खर्च गरेमा तरलता बढ्ने तर सरकारले खर्च कम गरेमा राजश्व जम्मा भएर तरलता संकुचन हुने उहाँको भनाइ छ । ‘आम्दानी गरेको परिमाण भन्दा बढी खर्च गरेर विदेश पठाइएमा र सरकारले संकलन गरेको राजश्व पुरै खर्च गर्न सकेन भने राष्ट्र बैंकमा जम्मा हुन्छ’, उहाँले भन्नुभयो, ‘त्यसलाई मौद्रिक संकुचन भनिन्छ ।’
सेवा क्षेत्र तथा कृषि क्षेत्रमा चाहिँ यस्तो तरलता अभाव नपर्ने उहाँ बताउनुहुन्छ । यसले मुख्य रुपमा व्यापार क्षेत्रको पनि केही समूहलाई यसले असर गरेको र त्यो क्षेत्रले भने अहिले अभाव भएको विषयलाई जोडतोडले उठाएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?