logo
२०८१ बैशाख १४ शुक्रवार

  इजरायलमा रोजगारी  



प्राविधिक कारणले ढिलाइ, जाने तयारीमा रहेका छिट्टै उड्न पाउने

अर्थ |
पढ्नै पर्ने |
विदेश |


प्राविधिक कारणले ढिलाइ,  जाने तयारीमा रहेका छिट्टै उड्न पाउने


काठमाडौं,माघ २८गते । इजरायल जानका लागि तयार भएका नेपाली श्रमिकको उडान आन्तरिक व्यवस्थापनका कारण ढिलाइ भएको छ । वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारका अनुसार इजरायल उड्न तयार भएका श्रमिकहरु आन्तरिक व्यवस्थापका कारण केही दिन ढिलाे भएको छ । तर छनाेटमा परेका श्रमिक जान भने पाउने उहाँको भनाइ छ । इजरायलको दूतावासले केही कारण देखाएर अहिलेलाई रोकेको तर छनाेट भएका सबै जान पाउने उहाँको भनाइ छ । चार चरणको उडानमार्फत २९७ जना इजरायल गइसकेका छन् । अब पाँचौ चरणमा इजरायल जाँदै छन् ।
अबको लटमा १६०जना लान सकिने उहाँ बताउनुहुन्छ । तर यसमा अधिकतम माग र म्यानपावर कम्पनीसँगको समन्वयको आधारमा पनि निर्भर रहने उहाँ बताउनुहुन्छ ।‘अबको लटमा कति श्रमिक जान्छन् भन्ने कुरा भिसा,पीसीआर रिपोर्ट,टिकटमा पनि निर्भर रहन्छ । तर हाम्रो चाहना उताबाट आएको मागको आधारमा नै अधिकतम लैजाउँ भन्ने छ,’ उहाँले भन्नुभयो ।
अघिल्लो लटमा १५० जना उडाउनको लागि तयारी गरेकोमा ३० जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएकाले १२० मात्र इजरायल उडेको निर्देशक सुनुवार बताउनुहुन्छ । यसकारण पनि धेरैलाई उडाउन चाहे पनि पीसीआर रिपोर्ट पोजेटिभ आउँदा समस्या भएको उहाँ बताउनुहुन्छ । अघिल्लो चरणमा पनि श्रमिकको कोरोना रिपोर्ट पोजेटिभ आएका कारण कम श्रमिक उडाउनुपरेको उहाँ बताउनुहुन्छ ।
केही दिन ढिला हुँदैमा श्रमिकहरु जान पाइँदैन कि भनेर अतालिएको उहाँ बताउनुहुन्छ ।‘केही कारणवश ढिला भएका कारण श्रमिकहरु प्रक्रिया नै अन्त्य भएको हो कि भन्ने कारणले चिन्तामा छन् । विभागमा पनि बारम्बार फोन आइरहन्छ । हामी डिप्रेसनमा जान लाग्यौँ भन्ने खालका गुनासाहरु गरिरहनुहुन्छ सुनुवार,’ भन्नुहुन्छ ‘उहाँहरु जानका लागि पाउनुहुन्छ नै तर आन्तरिक समस्याले गर्दा समस्याभन्दा उहाँहरुलाई मानसिक तनाव भएको पाइयो । तर हामी उहाँहरुलाई सम्झाइबुझाइ गर्छौ ।’
९ सय ९९ जना युवाले इजरायलका विभिन्न रोजगारदातासँग रोजगार सम्झौता गरिसकेको विभागले जनाएको छ । बाँकी युवाको रोजगार सम्झौता क्रमशः गर्ने निर्देशक सुनारले बताउनुभयो ।
११७५ जना श्रमिक इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका छन् । जसमध्ये ८२१ महिला र ३५४ जना पुरुष कामदार छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?