logo
२०८० चैत्र १६ शुक्रवार



गौमुलवासीलाई स्याउको बिरुवा वितरण

अर्थ |
प्रदेश |


गौमुलवासीलाई स्याउको बिरुवा वितरण
गौमुल गाउँपालिकाको कृषि विकास शाखा प्रमुख दीपेन्द्र सार्की किसानलाई स्याउँ विरुवा वितरण गर्दै । तस्बिर - शेरबहादुर सार्की÷बाजुरा



शेरबहादुर सार्की
बाजुरा, माघ २८ गते । बाजुराको गौमुल गाउँपालिकाका किसानलाई स्याउको बिरुवा वितरण गरिएको छ । गौमुलको अधिकांश जमिनमा स्याउ राम्रो फल्न थालेपछि त्यहाँका किसानलाई स्याउ खेतीमा उत्पे्ररित गर्ने गरी कृषि विकास शाखाले नयाँ जातको स्याउको बिरुवा वितरण गरेको हो ।

गौमुल गाउँपालिकाको बाँझो रहँदै आएको जमिनमा स्याउखेती गर्ने गरी जुम्लाबाट गोल्डेन रेड, रोयल जातको झण्डै एघार हजार नेपाली स्याउको विरुवा ल्याएर वितरण गरेको गौमुल गाउँपालिकाको कृषि विकास शाखा प्रमुख दीपेन्द्र सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, गतवर्ष परीक्षणका रुपमा गौमुलको केही ठाउँमा नयाँ प्रविधिको फुँजी, गाला र गोल्डेन जातको स्याउँ लगाएका थियौँ, । त्यो स्याउ लगाएको एक वर्ष भित्रै राम्रो फलेपछि त्यहाँका किसानले फेरि बाँझो जमिन सदुपयोग गर्ने गरी स्याउँ खेती गर्ने इच्छा गरेपछि अहिले जुम्लाबाट नेपाली जातको स्याउको बिरुवा ल्याएर उनीहरुलाई वितरण गरेको हो ।

समुन्द्री सतहदेखि १८ सय मिटरभन्दा माथि यो स्याउ फल्न सक्ने भएकाले यो भन्दा पहिला परीक्षण गर्नका एग्रो मनागसँग सहकार्य गरेर गोल्डेन, गाला फुँजी जातको पाँच सय स्याउको बोट गौमुलमा ल्याएर स्याउखेती सुरुवात गरेको थियो ।

फुँजी, गाला र गोल्डेन जातको स्याउ अरु भन्दा, बढी फल्ने, अरुको भन्दा बढी मूल्य पर्ने र पोषकतत्व पनि अरुभन्दा बढी हुने भएकाले यो स्याउखेतीबाट यहाँका स्थानीयहरुको आयआर्जनमा वृद्धि हुने भएकाले गौमुलमा स्याउखेतीको सुरुवात गरेको गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?