logo
२०८१ मंसिर १० सोमवार



सुनको मूल्य प्रतितोला ९६ हजार ६००

अर्थ |


सुनको मूल्य प्रतितोला ९६ हजार ६००


काठमाडौँ, फागुन ८ गते । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु १०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार १०० तोकिएको छ । जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९६ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३०५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९७ डलर आसपास कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?