logo
२०८१ बैशाख १८ मंगलवार



समृद्धि हासिल गर्न वित्तिय संस्थाको भूमिका महत्वपूर्ण : अर्थमन्त्री साह

अर्थ |
प्रदेश |


समृद्धि हासिल गर्न वित्तिय संस्थाको भूमिका महत्वपूर्ण : अर्थमन्त्री साह


धर्बेन्द्र झा
धनुषा, फागुन ८ गते । मधेस प्रदेशका अर्थमन्त्री एवम प्रदेश सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले मधेस प्रदेशको आर्थिक समृद्धि हाँसिल गर्न वित्तिय संस्थाहरुको भूमिका महत्वपुर्ण रहने बताउनुभएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रोग्रेसिभ फाइनान्स लिमिटेडको मधेस प्रदेश स्तरीय क्षेत्रीय कार्यालयको आइतबार उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । वितिय संस्थाहरुले सेवा प्रभाव गर्दा जनताको सहज पहुँचका लागि वातावरण निर्माण गर्नुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

मानव सुचकाङ्क दृष्टीकोणले मधेस प्रदेशमा गरिबीको संख्या पनि अन्य प्रदेशभन्दा बढी भएकाले वितिय संस्थाहरुले स्वरोजगारकानिमित बढी लगानी गरेमा मधेस प्रदेशका जनताले आयआर्जन राम्रो गर्ने उहाँले बताउनुभयो । मधेस प्रदेशका नागरिक आफू आत्मनिर्भर हुनेमा जोड दिनुपर्ने उहाँको सुझाव छ ।

प्रोग्रेसिभ फाइनान्स लिमिटेडका अध्यक्ष किशोरकुमार महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले फाइनान्स लिमिटेडले दिनेगरेको सेवा प्रभावकारी भएपनि संस्थाले आउने दिनमा वित्तिय सुशासन कायम हुनेगरी कार्यक्रम चलाउनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक वोर्डका प्रतिनिधि ध्रुवनारायण यादव, संस्थाका कार्यकारी अधिकृत विशालकुमार महर्जनसहितका बक्ताले फाइनान्स लिमिटेडले हालसम्म प्रदान गर्दैआएको सेवा र निर्वाह गरेको भूमिका बारेमा चर्चा गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?