logo
२०८१ मंसिर १० सोमवार



कोभिड प्रभावित व्यवसायीलाई बिनाब्याज ऋण

अर्थ |


कोभिड प्रभावित व्यवसायीलाई बिनाब्याज ऋण


म्याग्दी समाचारदाता

बेनी, फागुन ११ गते । गण्डकी प्रदेश सरकारले कोभिड–१९ को महामारीका कारण प्रभावित भएका व्यवसायलाई पुनरुत्थान गर्न निब्र्याजी ऋण प्रवाह गरेको छ । प्रदेश सरकारले उपलब्ध गराएको व्यवसाय जीवन रक्षा कार्यक्रमबाट म्याग्दीका १५ व्यवसायीले सुविधा पाएका हुन् ।

प्रदेश सरकारले कोभिड प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न ल्याएको व्यवसाय जीवन रक्षा कार्यक्रम रााष्ट्रिय वाणिज्य बैंक बेनी शाखाबाट प्रदान गरिएको बैंकका शाखा प्रबन्धक नवराज ढुङ्गानाले जनाकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमअन्तर्गत एक करोड ६३ लाख रुपियाँ निब्र्याजी ऋण लगानी गरिएको छ । हिमाली जिल्ला म्याग्दीका साना व्यवसायी आठ जना, पर्यटन उद्यमी दुई जना, सेवा क्षेत्रका चार जना र यातायात क्षेत्रका एक जना गरि १५ जनालाई ऋण लगानी गरिएको शाखा प्रबन्धक ढुङ्गानाले बताउनुभयो ।

गण्डकी प्रदेशमा रहेका राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट अहिलेसम्म १२७ जनाले यस्तो सुविधा लिएको बैंकका गण्डकी प्रदेशका कर्जा प्रमुख सहदेव पौडेलले बताउनुभयो । पौडेलका अनुसार प्रदेशभित्र कुल १४ करोड ८३ लाख ५० हजार रुपियाँ बिनाब्याज ऋण प्रवाह गरिएको छ ।

म्याग्दीकी प्रदेश (ख)की गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व सामाजिक विकासमन्त्री नरदेवी पुनले कोभिड प्रभावित व्यवसायीलाई व्यवसायमा सहयोग गर्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको क्याबिनेटले व्यवसाय जीवन रक्षा कार्यक्रम ल्याएको थियो । गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट पारित व्यवसाय जीवन रक्षा कोष (सञ्चालन) कार्यविधि–२०७७ को दफा १६ बमोजिम ऋण प्रवाह भएको हो । उक्त कार्यविधि अनुरूप गठित निर्देशन समितिको २०७७ फागुन २६ गतेको निर्णयबमोजिम गण्डकी प्रदेशभित्र ऋण प्रवाह गर्न नेपाल राष्ट्र बैंक पोखरा कार्यालयको परिपत्रअनुसार गत आर्थिक वर्षबाट यो कार्यक्रम लागू भएको राष्ट्रिय वाणिज्य बैंक बेनी शाखा प्रबन्धक नवराज ढुङ्गानाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?