logo
२०८१ बैशाख १५ शनिवार



युक्रेन युद्धको बहानामा फेरि खाने तेलको मूल्यवृद्धि

अर्थ |


युक्रेन युद्धको बहानामा फेरि खाने तेलको मूल्यवृद्धि


काठमाडौँ, फागुुन १७ गते । रुस–युक्रेन युद्धको असर नेपालीको भन्सासम्म प्रत्यक्ष असर देखिन थालेको छ । नेपालीको भान्सासँग जोडिएका अत्यावश्यक वस्तु निर्यात गर्ने प्रमुख मुुलुुक रुस र युुक्रेनबीचको तनावले प्रत्यक्ष असर देखिन थालेको हो ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार युक्रेनमा युद्ध सुरु भएसँगै नेपालका खाने तेल उद्योगीले मूल्य बढाउन थालिसकेका छन् । युक्रेनको युद्धलाई देखाउँदै खाने तेल उत्पादक र बिक्रेताले मूल्य बढाउन थालेका छन् । अहिले बजारमा खाने तेलको मूल्य प्रतिलिटर १० देखि २० रुपियाँसम्म बढेको सङ्घले जनाएको छ ।

सङ्घका महासचिव अमुल तुलाधरले पछिल्लो एक सातामा नै खाने तेलसँगै बजारमा चामल, चिनी लगायतका अधिकांश दैनिक उपभोग्य वस्तुकोे मूल्य बढेको दाबी गर्नुभयो । उद्योगी तथा ठूला व्यापारीलाई वस्तुको मूल्य बढाउन कुनै आधार नचाहिने भन्दै उहाँले युुक्रेनको युुद्ध सुुरु हुनेवित्तिकै बहाना बनाएर खाने तेल र अन्य उपभोग्य वस्तुको मूल्यवृद्धि गरिसकेको बताउनुुभयो ।
“सरकारको नियमनकारी निकाय युुक्रेनको युद्ध सुुरु हुनेवित्तिकै उद्योगीले खाने तेलको मूल्य बढ्दासमेत चुपचाप बस्नुु कति जायज हो ?” उहाँले प्रश्न गर्नुुभयो । सङ्घका अनुसार केही समयअघि मात्र खाने तेलको मूल्य प्रतिलिटर ४० रुपियाँसम्म बढेको थियो । फेरि युक्रेनमा युद्धको असर भन्दै पुनः मूल्य बढाउन थालेका हुन् ।

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने पछिल्लो समय तेलको मूल्य थोरै बढ्न थालेको भन्ने हल्ला सुुनेको र यस विषयमा चनाखो रहेको जनाएको छ । विभागका बजार निरीक्षक धनेश्वर पौडेलले केही समयअघि बढेको तेलको मूल्यको विषयमा विभागले अध्ययन गरिरहेको बताउनुुभयो ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साता महिनामा युक्रेनबाट नौ अर्ब ५१ करोड ६३ लाख रुपियाँको पाँच करोड ७३ लाख ६४ हजार केजी सनफ्लावर तेलको कच्चापदार्थ आयात भएको छ । नेपालमा सनफ्लावर तेलका लागि आवश्यक पर्ने कच्चापदार्थको अधिकांश आपूर्ति युक्रेनबाट नै हुने गरेको उद्योगीले बताएका छन् ।

माघ मसान्तसम्म नेपालले युक्रेनबाट मात्रै १७ अर्ब रुपियाँभन्दा बढीको वस्तु आयात गरेको छ । नेपालले युक्रेनबाट तेलका लागि आवश्यक पर्ने कच्चापदार्थ, सुन तथा पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ । नेपाल वनस्पति घिउ, तेल उत्पादक सङ्घका अध्यक्ष सन्दीप अग्रवालले युक्रेनबाट नेपालमा खपत हुने सनफ्लावर खाने तेलको कच्चापदार्थ आयात गरिँदै आएको र यो सङ्कट धेरै लम्बियो भने नेपाली भान्सामा असर पर्ने बताउनुुभयो ।
नेपालमा खाने तेलको मागको झन्डै ५० प्रतिशत बजार सनफ्लावर तेलले धानेको हुँदा यसको कच्चापदार्थ आयातमा लामो समय रह्यो भने यसको असर स्वाभाविक रूपमा देखिने उहाँको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?