logo
२०८१ बैशाख १७ सोमवार



कपिलवस्तुमा बजार अनुगमन : म्याद नाघेका खाद्यान्न जफत

अर्थ |


कपिलवस्तुमा बजार अनुगमन : म्याद नाघेका खाद्यान्न जफत


नारद कोहार
तौलिहवा, फागुन १८। कपिलवस्तुको विभिन्न ठाउँमा खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले बजार अनुगमनमा तीब्रता दिइएको छ। किराना पसलमा अखाद्य बस्तु नबेच्न र होटल तथा चियानास्ता पसलमा सरसफाई बढाउनका साथै बजार नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिव शंकर मिश्रले बताउनुभयो।

कार्यालयद्वारा कपिलवस्तुको चाकरचौडा, अभिराव र पकडीमा विभिन्न होटल किरना पसलमा अनुगमन गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार सो क्षेत्रमा एक दर्जन भन्दा बढी होटल, रेष्टुरेण्ट र किराना पसलमा अनुगमन गरिएको छ। अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुसँगै लेबल नभएको खाद्यान्न भेटिएको छ। यस्ता सबै खाद्यवस्तु जफत गरिएको प्रमुख मिश्रले बताउनुभयो।

अनुगमनको क्रममा घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका विनय शैनी, मायादेवी गाउँपालिकाका अनिलकुमार चौधरी, पत्रकार, प्रहरी लगायतको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?