logo
२०८१ बैशाख ८ शनिवार



वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

अर्थ |
समाज |


वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे


काठमाडौं,फागुन १५ गते । माघ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार माघ महिनामा मात्र ५४ हजार ४७० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको देखिएको छ ।

पछिल्लो समय कोरोना महामारी मथ्थर हुँदै गइरहेकाले पनि विभिन्न राष्ट्रहरुबाट कामदारको माग आएको हुँदा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या पनि बढ्दै गएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुषालले बताउनुभयो । जसमध्ये ५० हजार ५३० जना पुरुष रहेका छन् भने तीन हजार ९४० जना महिला  छन् ।

गत पुस महिनामा ६६ हजार ६२५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए । चालू आवको साउन महिनामा २५ हजार ४२८ जना,भदौमा ३६ हजार ४०,असोजमा ३९ हजार ६७१,कार्तिकमा ५४ हजार ९१८ र मंसिरमा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या बढ्दै गएको थियो । तर, पुस र माघ महिनामा आएर संख्या बढ्ने क्रम रोकिएको छ ।

अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र युएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत र ओमानलगायतका देशमा पनि नेपाली गइरहेका छन् । माघ महिनामा जाने अधिकांश अदक्ष माघ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने अधिकांश अदक्ष जनशक्ति  छन् ।

वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार ५४ हजार ४७० जनामध्ये २८ हजार ३२१ जना अदक्ष जनशक्ती रहेका छन् । जसमध्ये पुरुष २६ हजार ३३७ छन् भने महिला एक हजार ९८४ जना रहेका छन् । भिजिट भिसामा विदेश जने बढे पछिल्लो समय भिजिट भिसामा विदेश जानेको संख्या बढ्दै गएको छ । अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्ल्लो समय भिजिट भिसामा बाहिर जानेको संख्या बढ्दै गएको देखिएको छ ।

विभागका अनुसार सन् २०२० मा ३७ हजार ६८४ जना भिजिट भिसामा विदेश गएका थिए । सन् २०२१ मा ९० हजार ८८३ जना भिजिट भिसामा विदेश गएका छन् । यस्तै सन् २०२२ मा हालसम्म १४ हजार ८२४ जना भिजिट भिसामा विदेश गएका छन् ।

भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड निर्माणको गृहकार्य हाल अत्यावश्यक अवस्थामा मात्र भिजिट भिसा खुला गरी नयाँ मापदण्ड बनाउन लागिएको छ । गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल नेतृत्वको कार्यदलले नयाँ मापदण्डको तयारी गरेको छ । कार्यदलले बुधबार प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयले १० माघदेखि भिजिट भिसामा नयाँ मापदण्ड लागू गरेको थियो । जसमा सर्वसाधारणको हकमा खाडी र मलेसियाबाहेक अन्य दुई देश घुमिसकेका र वर्षमा कम्तीमा ६ लाख रुपैयाँ आय भएको बैंक खाताको विवरण देखाउन सक्ने व्यक्ति मात्र भिजिट भिसामा जान दिने उल्लेख थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?