logo
२०८० चैत्र १६ शुक्रवार



सिर्दिबास डिपोमा दुई हजार क्विन्टल चामल ढुवानी

अर्थ |


सिर्दिबास डिपोमा दुई हजार क्विन्टल चामल ढुवानी


नरेन्द्र ढकाल
गोरखा, फागुन १९ गते । उत्तरी गोरखामा यस वर्ष समयमै चामल ढुवानी भएको छ । ठेक्का प्रक्रिया र बाटो अबरुद्ध भएका त्यहाँ चामल ढुवानी हुन सकेको थिए । तर, तेश्रो पटक आह्वान भएको बोलपत्र स्वीकृत भएसँगै छ महिनापछि उत्तरी गोरखामा सहुलियतको चामल पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाले बताएको छ ।

आर्थिक वर्ष २०७८/७९ का स्वीकृत दुई हजार क्विन्टल खाद्यान्न ढुवानी गरिएको कम्पनीका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो । यस वर्ष सिर्दिबासको लागि शाखा गोरखाबाट दुई हजार क्विन्टल र विमल नगर डिपोबाट १५ सय क्विन्टल गरी जम्मा ३५ सय क्विन्टल चामल ढुवानी गनुपर्नेछ । त्यसमा सोना मंसुली चामल एक हजार ९१ क्विन्टल ६० केजि, स्टिम जिरा मसिनो चामल ६३० क्विन्टल, अरुवा मध्यम चामल ४२ क्विन्टल ९० केजि, अरुवा मकवानपुर २३५ क्विन्टल ५० केजि गरी जम्मा दुई हजार क्विन्टल चामल सिर्दिबास टिपो पु¥याइसकिएको उहाँले बताउनुभयो ।

यस वर्ष शाखा गोरखा र विमलनगर दुवैबाट ढुवानीको लागी श्री सुशान्ति निर्माण सेवाले ठेक्का पाएको थियो । ठेकेदार कम्पनीका तेज बहादुर गुरुङ्गका अनुसार अब विमलनगरबाट पनि ढुवानी कार्य भइरहेको छ । डिपोमा पुगेका चामल पुगेसँगै बिक्री पनि सुरु भएको छ । केही दिन अघि कार्यालयले उपलब्ध गराएको विवरण अनुसार ५५४ क्विन्टल ५० केजि चामल बिक्री भइसकेको छ ।

कम्पनीले डिपोमा सोना मंसुली चामल प्रति केजि ५२, अरुवा मध्यम प्रतिकेजि ५२, अरुवा मकवानपुर प्रतिकेजि ५० र स्टिम जिरा मसिनो चामल प्रति केजि ६६ मा बिक्री गर्ने गरेको छ । यसै माछाखोला डिपोमा पनि खाद्यन्न डुवानी गरिएको कार्यालयले जनाएको छ । दुई पटक सम्म ठेक्का रद्द भई ढिलो सम्झौता हुँदा पनि ठेकेदार कम्पनीले प्राथमिता दिएर चामल ढुवानी गरेर सरायिन काम गरेको कम्पनीका प्रमुख नविन बस्नेतले बताउनुभयो ।

सदरमुकामस्थित डिपोबाट दोभानसम्म ट्रक र दोभानबाट सिर्दिबाससम्म खच्चडमार्फत चामल ढुवानी गरिएको उहाँले जानकारी दिनुभयो । यस वर्ष दुई हजार क्विन्टल गोरखा सदरमुकामको डिपो तथा १५ सय क्विन्टल तनहुँको विमलनगरबाट चामल ढुवानी हुनेछ । छ महिनासम्म चामल ढुवानी नहुँदा उत्तरका डिपो रित्तिएका थिए । उत्तरी गोरखामा मुख्य खाद्यबालीका रूपमा गहुँ, जौ, आलुखेती हुने गरेको छ  । धान खेती नहुने उक्त क्षेत्रमा तल्लो क्षेत्रबाट चामल ढुवानी गर्नुको विकल्प छैन । स्थानीयलाई सहुलियत दरमा चामल बिक्रीका लागि चार दशकअघि यहाँ खाद्य डिपो स्थापना गरिएको छ । ढुवानी अनुदान दिएर त्यहाँ पु¥याएको चामल बजार मूल्यभन्दा कममा बिक्री गर्ने गरिएको छ ।

झण्डै छ महिनापछि उत्तरी गोरखामा सहुलियत चामल किन्न पाएपछि सो क्षेत्र स्थानीय पनि खुसी भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?