logo
२०८१ बैशाख ८ शनिवार



सामाजिक सुरक्षा योजना : ७८ करोडको ६२ लाख दाबी भुक्तानी

अर्थ |


सामाजिक सुरक्षा योजना : ७८ करोडको  ६२ लाख दाबी भुक्तानी


काठमाडौँ, फागुन २० गते । सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता तथा उनीहरूको परिवारले हालसम्म ७८ करोड ६२ लाख रुपियाँ दाबी भुक्तानी लिएका छन् । कोषबाट सञ्चालनमा ल्याइएका चारवटा योजनाअन्तर्गत १६ हजार ७३२ योगदानकर्ता र उनीहरूका परिवारले उक्त रकम भुक्तानी लिएका हुन् । कोषका अनुसार कोषमा योगदान रकम जम्मा गर्ने तीन लाख १६ हजार ९७१ मध्ये चारवटा योजनाबाट त्यो सङ्ख्याले भुक्तानी पाएका छन् । यसमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्वमा पाँच हजार ९७७ जनाले १० करोड ९१ लाख ८७ हजार लिएका छन् ।

यसरी नै दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत २१७ श्रमिकले एक करोड छ लाख १४ हजार रुपियाँ लिएका छन् भने आश्रित परिवार सुरक्षाअन्तर्गत १६७ जनाले दुई करोड नौ लाख ८९ हजार रुपियाँ लिएका छन् । वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत १० हजार ३७१ जनाले ६४ करोड ५४ लाख ५० रुपियाँ बराबरको लाभ पाएका छन् ।

कोषका अनुसार कोरोना सङ्क्रमणका कारण उद्योग प्रतिष्ठान दुई वर्षयता पूर्ण रूपमा सञ्चालन हुन नसके पनि सामाजिक सुरक्षामा सूचीकरण हुने रोजगारदाता र योगदानकर्ताको सङ्ख्या भने वृद्धि भइरहेको छ ।सामाजिक सुरक्षा योजना २०७६ साउनबाट कोषमा सूचीकृत हुन सुरु भएको उक्त योजनामा हालसम्म १६ हजार ७३२ रोजगारदाता प्रतिष्ठान र तीन लाख १६ हजार ९७१ योगदानकर्ता आबद्ध भएका छन् । कोषमा योगदानकर्ताले योगदान गरेको रकम हालसम्म १३ अर्ब ३७ करोड रुपियाँ पुगेकोे कोषले जनाएको छ ।

कोषका अनुसार हालसम्म कोषमा योगदान गरिरहेका मध्येबाट १५० योगदानकर्ताका परिवारले मासिक पेन्सन सुविधा प्राप्त गर्दै आएका छन् । कोषका चार योजनामध्ये आश्रित परिवार योजनाअन्तर्गत योगदानकर्ताको मृत्यु भएमा निजको परिवारलाई मासिक पेन्सन सुविधा आजीवन दिने व्यवस्थाअनुरूप १५० जनाले मासिक बढीमा ८३ हजार र कमीमा तीन हजार लिँदै आएका छन्, जसका लागि कोषले मासिक २५ लाख रुपियाँ खर्च गर्दैआएको छ ।


यसैगरी जुनसुकै कारणले योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले खाइपाई आएको न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम निज जीवित रहेसम्म निवृत्तिभरण पाउने व्यवस्था छ ।कोषका सहप्रवक्ता रोहित रोग्मीले कोषले दिने योजनाबाहेक योगदानकर्तालाई प्रतिष्ठान वा रोजगारदाताले दिँदै आएको सेवासुविधा पनि दिनुपर्ने कानुनी व्यवस्था रहेको बताउनुभयो । यसरी नै योगदानकर्ताको मृत्यु भएमा निजको सन्तति २१ वर्ष उमेर पूरा नभएसम्म योगदानकर्ताको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा शैक्षिक वृत्तिबापत पाउने उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?