logo
२०८२ जेष्ठ ३० बिहीवार



माैरी पालनमा रमाउँदै किसान

अर्थ |


माैरी पालनमा रमाउँदै किसान


नारद कोहार

तौलिहवा, फागुन २५ गते । दाङका मौरीपालक कृषक भीमप्रसाद सापकोटा यतिबेला मौरी चराउन कपिलवस्तुका विभिन्न क्षेत्रमा पुग्नुभएको छ । २० वर्षअघि दुईवटा घार राखेर मौरीपालन सुरु गर्नुभएका सापकोटासँग अहिले १५० घार मौरी छन् । विगत १० वर्षदेखि कपिलवस्तु, नवलपरासी, रुपन्देहीका विभिन्न ठाउँमा मौरी चराउन पुग्ने गर्नुभएको छ । उहाँले भन्नुभयो, “हामी छ महिना मौरी चराउन जान्छौँ, छ महिना घरमै बस्छौँ । ”

यी क्षेत्रमा प्रशस्त चरन क्षेत्र भएका कारण आफूहरू मौरी चराउन आएको दाङका मौरीपालक कृषक सापकोटाले बताउनुभयो । उहाँले मेलिफेरा जातको मौरी पाल्नुभएको छ । तोरी, चिउरी, फापर, रुदिलो, सिसौ आदिको फूलमौरीको आहाराका लागि उपयुक्त हुन्छ । यी र यस्ता वनस्पति र फूल यस क्षेत्रमा पाइने भएका कारण पनि मौरीपालक कृषक जिल्लाका विभिन्न स्थानमा अहिले मौरी चराउन आकर्षित भएका हुन् ।

केही वर्षअघिसम्म मौरी चरनलाई स्थानीयवासीले अवरोध गरे पनि यतिबेला अप्ठ्यारो नभएको उहाँले बताउनुभयो । मौरीले परागसेचनमा सघाउ पु-याउने भएकाले कृषकले पनि मौरीपालकलाई सघाउने गरेका हुन् । मेलिफेरा जातको मौरीपालन गर्दा एक घारबाट वार्षिक ३० किलोग्रामसम्म मह उत्पादन हुने मौरीपालक कृषक बताउँछन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?