logo
२०८१ मंसिर ९ आईतवार



कर्जा लिएर व्यवसाय चलाउँदै युवा

अर्थ |


कर्जा लिएर व्यवसाय चलाउँदै युवा


सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, फागुन ३० गते । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका १४ वटै वडाका युवाले व्यावसायिक पशुपालन सुरु गरेका छन् । नगरपालिका र नेपाल बैङ्क लिमिटेडबीच सहुलियतपूर्ण कर्जा प्रवाह सम्झौता भएपछि ऋण लिएर युवाले उन्नत जातका भैँसीपालन सुरु गरेका हुन् ।

युवालाई पशुपालनमा आकर्षण गर्ने उद्देश्यले नगरपालिकाको एक करोड र बैङ्कको एक करोड गरी दुई करोड रुपियाँको स्वरोजगार कोष स्थापना गरिएको छ । कोषबाट युवाले सहुलियत ब्याजदरमा कर्जा लिएर स्वरोजगारका लागि व्यवसाय सञ्चालन गर्नसक्छन् ।

समूहगत रूपमा युवाले १० लाख रुपियाँसम्म सहुलियत र व्यक्तिगत रूपमा पाँच लाख रुपियाँ कर्जा पाएको नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार कोषबाट ४० युवाले व्यावसायिक रूपमा कृषि कर्म गर्दै आएका छन् । चालू आर्थिक वर्ष पनि थप युवालाई सहुलियतपूर्ण कर्जा प्रवाह गरिँदै छ । कोभिड–१९ बाट प्रभावित भई घर फर्केका युवालाई कोषबाट सहुलियत कर्जा प्रवाह गरिएको प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र पौडेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?