logo
२०८१ बैशाख २६ बुधवार



भारतमा रूबलमा आर्थिक कारोबार हुने

अर्थ |
अन्तर्राष्ट्रिय |


भारतमा रूबलमा आर्थिक कारोबार हुने



काठमाडौं, चैत १७ गते । युक्रेनमाथि हमला गरेपछि पश्चिमी शक्ति राष्ट्रहरुले एकतर्फी रुपमा रुसमाथि आर्थिक नाकाबन्दी गरेपछि भारतले रुससँगको व्यापार रुसी मुद्रा ‘रुबल’मा गर्ने विषयमा तयारी गरेको छ ।

यसअघि भारतले पनि रुससँग अमेरिकी मुद्रा डलरमा आर्थिक कारोबार गर्दै आइरहेको थियो ।आर्थिक नाकाबन्दीसँगै रुसी लगानी रहेका अन्तर्राष्ट्रिय बैंकमा प्रतिबन्ध, रुसी कम्पनी र रुसी खरबपतिको बैंक खाता सिज गरेपछि रुसमा डलरका सञ्चिति कम हुँदै गएको अवस्थामा भारतीय अधिकारीहरुको यस्तो प्रयासले रुस र भारत दुवैलाई फाइदा पुग्ने अलजजिराले उल्लेख गरेको छ ।

यस्तो कदमको शुरुवात भएपछि भारतले विश्वको सबैभन्दा ठूलो पेट्रोलियम र ग्यास भण्डार रहेको रुसबाट भारतले सस्तो दरमा पेट्रोल आयत गर्ने ढोका खुल्नेछ ।
विश्वमा उदीयमान अर्थतन्त्र रहेको भारतले रुबलेमा आर्थिक कारोबार गर्न सके उसको ऊर्जा सङ्कट समाधान हुनेछ ।

रुसमाथि आर्थिक नाकाबन्दीसँगै भारत र रुसबीच भारतीय रुपियाँ र रुसी रुबलबीच आर्थिक लेनदेन हुने बताइएको छ । भारतीय आयातकर्ताहरुले रुसमा खरिद गर्ने वस्तुको मूल्यसूची अनुसार भारतमा रहेका रुसी बैंकलाई तिर्ने र रुसी निर्यातकारहरुले सो स्वरुप रुबलमा तिर्ने बताइएको छ ।

भारतले रुसमा निर्यात गर्नेभन्दा रुसबाट ल्याउने वस्तु अत्यधिक हुने भएकाले रुसी बैंकमा भारतीय रुपियाको सञ्चिति बढ्ने भएको बताइए पनि सोको निराकरण गर्न भारतबाट रुसमा कलकारखानामा उत्पादित वस्तुलाई रुसमा पठाइनेछ । कृषि प्रविधि, औषधि, फर्निचर, सेनेटेरीवयेरलगायतका वस्तुहरु भारतले रुसमा पठाउन सकिने बताइएको छ । यस्तो भयो भने भारतीय उत्पादनले ठूलो बजार पाउनेछ ।

अब्जरभर रिचर्स फाउन्डेसनका विज्ञ नन्दन उन्नीक्रिसनन्ले भन्नुभयो, ‘रुसले तेल भारतमा दिएर कस्तो वस्तु लग्छ भन्ने विषयमा होसियार हुनुपर्छ ।’ भारतका मझौला र लघु उद्योगका निर्यातकर्ताहरुले रुसमै आ–आफ्ना संरचनाहरु स्थापित गर्नसकिने धारणा राख्नुहुँदै उहाँले भन्नुभयो, ‘रुससँग मझौला र लघु उद्योगबारे त्यति अनुभव छैन, त्यसैले हामीसँग व्यावहारिक रुपमा धेरै ज्ञान र अनुभव रहेकाले उनीहरुलाई सो बारे सिकाउन सकिन्छ ।’

भारतलाई आवश्यक पर्ने पेट्रोलमध्ये ८६ प्रतिशत पेट्रोल विभिन्न देशबाट आयात गर्दछ । मङ्गलबार भारतमा कच्चा तेल डलर १०९ प्रति ब्यारेलको दरले आयात गरेको थियो । गत महिना डलर १२८.२४ प्रति ब्यारेलको दरले तेल आयात गरेको थियो भने रुसले युक्रेनमाथि सैन्य हमला गर्नु एकदिन अघि डलर ९५.४७ प्रति ब्यारेल थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?