logo
२०८१ बैशाख १३ बिहीवार



घोराहीमा जैविक फोहोरबाट ग्याँस उत्पादन सुरु

अर्थ |
प्रदेश |


घोराहीमा जैविक फोहोरबाट ग्याँस उत्पादन सुरु


गोकर्ण पौडेल
तुलसीपुर, चैत १९ गते । घोराही उपमहानगरपालिका १७ करौतिडाँडामा जैविक (गल्ने) फोहोरबाट ग्याँस उत्पादन कार्यक्रमको शनिबार औपचारिक रुपमा उदघाटन गरिएको छ । दुई बिघा १२ कठ्ठा जग्गामा निर्माण गरिएको संरचनाबाट ग्याँस उत्पादन कार्यको नगरप्रमुख नरुलाल चौधरीले उदघाटन गर्नुभयो ।

ग्याँस उत्पादनका लागि २०७४ बाट प्रक्रिया सुरु गरिएको थियो । २०७७ सालबाट उद्योग स्थापना गरेर संरचना निर्माणको काम सुरु भएको थियो । उत्पादन केन्द्रका शाखा प्रबन्धक हरिशरण श्रेष्ठले करिब २४ करोड रुपियाँको लागतमा संरचना निर्माण गरिएको जानकारी दिनुभयो । उत्पादित ग्याँसलाई सिलिन्डरमा राखेर उपभोक्ता समक्ष पु¥याइने योजना भएपनि पछि पाइप लाइनबाटै घर–घरमा ग्याँस लग्ने कामको सुरुवात गरिएको हो ।

बायो ग्याँसबाट उत्पादन गरिएको ग्याँस पाइपमार्फत घोराही उपमहानगरपालिका १०, नारायणपुर र वडा १६ सर्रा क्षेत्रमा वितरण गरिने बताइएको छ । उत्पादित ग्याँस प्रारम्भिक चरणमा सातसय ५० घरधुरीमा पाइपलाइन मार्फत् घर–घरमा पु¥याइने बताइएको छ । संरचनाको क्षमता भने १५ सय घरघुरीमा बायोग्याँस पठाउने रहेको छ ।

केन्द्रका प्रबन्धक हरिशरण श्रेष्ठकाअनुसार पाइपलाइन बिस्तारको काम सकिए लगत्तै परीक्षणका रुपमा एकसय ५० घरधुरीमा आगामी वैशाख महिना भित्रै पाइपलाइन मार्फत ग्याँस जडान गरिने भनिएको छ । घोराही उपमहानगरपालिकाले बायोग्याँस संरचना निर्माणका लागि अनुदानमा संघीय सरकारबाट ४० प्रतिशत रकम प्राप्त गरेको थियो । नेपाल उर्जा विकास कम्पनि प्रालिको ६० प्रतिशत लगानी रहेको छ ।

नगरप्रमुख चौधरीले निर्वाचित हुँदादेखि नै बजार क्षेत्रमा सड्ने फोहोर व्यवस्थापनका बारेमा बनाएको योजनाले सार्थकता पाएको बताउनुभयो । निर्माण गरिएको संरचनाबाट २० वर्षसम्म नेपाल उर्जा विकास कम्पनि प्रालि मार्फत सञ्चालन हुने बताइएको छ । त्यसपछि उक्त संरचना उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ । २० वर्षसम्म आम्दानीको पाँच प्रतिशत रकम पालिकालाई उपलब्ध गराइने सम्झौता गरिएको छ ।

प्रशोधन केन्द्रमा ग्याँस उत्पादनका लागि दैनिक २५ टन जैविक फोहोर आवश्यक पर्ने भए तापनि अहिले घोराही उपमहानगरपालिका भित्रबाट दैनिक सातसय केजी जैविक फोहोर सङ्कलन हुने गरेको उपमहानगरपालिकाले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?