logo
२०८१ बैशाख २३ आईतवार



प्रतितोला तीन सयले घट्यो सुनको मूल्य

अर्थ |


प्रतितोला तीन सयले घट्यो सुनको मूल्य


काठमाडौं, चैत २३ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर ९८ हजार पाँच सयल तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार आठ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ रुपियाँ हजार छ । यसको मूल्य मङ्गलबार प्रतितोला ९८ हजार तीन सय रुपियाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपियाँले घटेर एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१९ डलर आसपास कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?