logo
२०८१ जेष्ठ ४ शुक्रवार



अनुदानमा मौरीघार वितरण

अर्थ |


अनुदानमा मौरीघार वितरण


मुसीकोट समाचारदाता

रुकुम पश्चिम, चैत २६ गते । मौरीपालक किसानलाई व्यावसायिक बनाउने उद्देश्यका साथ रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा गोलासहितको मौरीघार वितरण गरिएको छ । नगरपालिकाको कृषि विकास शाखाले मौरीका गोलासहितको मौरीघार वितरण गरेको हो । नगरपालिकाका १४ वटै वडाका ४२ जना कृषकलाई गोलासहितको मौरीघार अनुदानमा उपलब्ध गराएको हो ।

किसानलाई ५० प्रतिशत अनुदानमा मौरी र घार उपलब्ध गराइएको मुसीकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले बताउनुभयो ।नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रेमबहादुर खत्रीले आव २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार गोलासहितका ४२ वटा मौरीघार खरिद गरेर कृषकलाई अनुदानमा वितरण गरेको बताउनुभयो । उहाँले कृषि व्यवसायका लागि कृषकको रोजाइ, मौरीपालनका लागि उपयुक्त स्थान हेरेर अनुदान दिइएको उल्लेख गर्नुभयो ।

यसअघि नगरपालिकाभित्रका किसानलाई कृषि शाखाबाट गहुँको बीउ, प्याजको बेर्ना, अदुवा तथा बेसारको बीउ र कृषि सामग्री कृषकलाई उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । कृषि शाखा प्रमुख खत्रीका अनुदान सबै कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।चालू आर्थिक वर्ष किसान छनोट गरेर अनुदानमा मिनी ट्रिलर, प्लास्टिक टनेल, ओसाउने पङ्खा, त्रिपाल, धान र मकैको बीउसमेत वितरण गर्ने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?