logo
२०८१ बैशाख २३ आईतवार



सिमकोट बजारमा कालोपत्र गर्न सुरु

अर्थ |


सिमकोट बजारमा कालोपत्र गर्न सुरु


राजन रावत
हुम्ला, चैत २८ गते । सदरमुकाम सिमकोट क्षेत्रको तल्लो बजारमा कालोपत्र कार्य सुरु भएको छ । सङ्घीय सरकारको शहरी विकास कार्यालय जुम्लाको चालु वर्षको वार्षिक कार्यक्रम अनुसार सो कालोपत्र कार्य सुरु भएको हो ।

सिमकोटस्थित तल्लो बजार क्षेत्रमा सडक कालोपत्र गर्ने कार्य सुरु भएको हो । उक्त योजनाका साइट इन्चार्ज विमल रावतका अनुसार बजार क्षेत्रको महिला छात्रावास क्षेत्रमा कालोपत्र गर्ने कार्य सुरु भएको बताउनुभयो । उहाँले निर्माण कम्पनी पक्षसँग गत पुसमा सम्झौता भएको भए पनि हिमपातको कारण कालोपत्र कार्य हुन नसक्ने भएको कारण काम रोकिएको । अहिले न्यानो बढेपछि सो कार्य सुरु भएको बताउनुभयो ।

निर्माण कम्पनी पक्षले यसअघि सामग्री जम्मा गरिएको भए पनि चिसोले काम रोक्नुपरेको जनाएको छ । उक्त क्षेत्रमा कालोपत्र कार्य साढे पाँच मिटरदेखि छ मिटरसम्म चौडा हुुनेछ । सो योजनाका लागि असी लाख लागतमा महिला छात्रावासदेखि कुलेटासम्मको सत्तरी मिटर सडक कालोपत्र हुनेछ । सो कार्यबाट यसअघि ग्राभेल सडकमा यातायात सुचारु हुँदै आएकोमा अब कालोपत्र कार्यले सहज हुनेछ ।

सिमकोटको तल्लो बजार क्षेत्रमा २०७३ सालमा सो कार्यालयले सत्तरी मिटर र २०७४ सालमा सत्तरी मिटरगरि जम्मा १४० मिटर सडक यसअघि नै कालोपत्र गर्ने कार्य पूरा गरिसकेको छ । हाल सो कालोपत्र भएको सडकमा यातायात सञ्चालन र पैदल यात्रुहरुलाई हिँड्न सहज भएको छ । यता सिमकोट बजारकै सनभ्याली क्षेत्रमा गत आर्थिक वर्षमा सत्तरी मिटर सडक पूर्वाधार विकास कार्यालयले कर्णाली प्रदेश सभाका सदस्य एवं मुख्यमन्त्री जीवनबहादुर शाहीको पूर्वाधार विशेष कार्यक्रमबाट ३५ लाख बजेटमा गतवर्ष कालोपत्र कार्य गरेको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?