logo
२०८१ बैशाख ७ शुक्रवार



‘अर्थतन्त्र गम्भीर सङ्कटमा छैन’

अर्थ |


‘अर्थतन्त्र गम्भीर सङ्कटमा छैन’


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ३० गते । नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकको अहिलेको अर्थतन्त्र गम्भीर सङ्कटमा नरहेको बताउनुभएको छ ।मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वगर्भनरले भन्नुभयो, “पछिल्लो समयमा देशको अर्थतन्त्रमा केही समस्या परेको छ तर श्रीलङ्कको जस्तै अवस्थामा पुग्ला भनेर चिन्ता गर्नु पर्ने अवस्था भने छैन । अहिलेको समस्या समाधान गर्नै नसकिने पनि होइन । ”

डा. नेपालले अहिलेको समस्या बढ्न नदिई शीघ्र समाधान उपय भने अवलम्बन गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले नेपालमा श्रीलङ्काको जस्तो विदेशी ऋणको भार धेरै नरहेकाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । उहाँले अगाडि भन्नुभयो, “नेपाल श्रीलङ्काको बाटोमा त छँदै छैन । यद्यपि यतिबेला सबैले संयमता अपनाउँदै सतर्क भने हुनुपर्छ । समस्या छिट्टै नै समाधान गर्न सकिन्छ । ”

उहाँले रसिया र युक्रेनबीचको द्वन्द्वको प्रभावसमेत नेपालको अर्थतन्त्रका परिरहेको चर्चा गर्दै कोभिडपछिको अवस्थामा विप्रेषण घट्दा, पर्यटन व्यवसायले गति लिइनसकेको कारण विदेशी मुद्राको सञ्चिति घट्न पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुक अप्ठ्यारो अवस्थामा पुग्दा केही समय विलासी वस्तुको आयात रोकिँदा पनि सबैले सहज रूपमा लिनु पर्ने हुन्छ । ”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?