logo
२०८१ बैशाख १४ शुक्रवार



स्ट्रबेरी खेतीतर्फ युवा किसान आकर्षित

अर्थ |


स्ट्रबेरी खेतीतर्फ युवा किसान आकर्षित


गोपी ज्ञवाली
नवलपरासी, चैत ३० गते । पछिल्लो समय युवा कृषि व्यावसायतर्फ आकर्षित भएका छन् । देवदह नगरपालिकामा स्ट्रबेरी खेतीबाट राम्रो प्रतिफल दिएपछि युवा कृषि पेसातर्फ आकर्षित बनेका हुन् ।

देवदह ग्रिनएग्रो रिसर्च एण्ड रिसोर्स प्रालिका मुख्य लगानीकर्ता एवं संरक्षक हीरा केसीले युवाको एक समूहले देवदह नगरपालिका–३ शिसपुरमा पछिल्लो दुई वर्षदेखि सुरु गरेको अमेरिकी प्रजातिको स्ट्रबेरीको खेतीले राम्रो उत्पादन गरेपछि युवा त्यसतर्फ आकर्षित भएको बताउनुभयो ।

उहाँले नमुना खेतीको रुपमा अमेरिकी प्रजातिको स्ट्रबेरीको बिउ अमेरिकाबाट मगाएर खेती गर्न सुरु गरेको जानकारी दिनुभयो ।

देवदह ग्रिनएग्रोका सचिव राजेन्द्र न्यौपानेले व्यावसायिक रुपमा खेती सुरु गरेको अमेरिकन स्ट्रबेरीको उत्पादनले दुई वर्षमा राम्रै आम्दानी दिएपछि युवा स्ट्रबेरी खेती उत्पदनको तयारीमा लागेको जानकारी दिनुभयो ।

त्यस्तै, ग्रिनएग्रोका कृषि विज्ञ भोजराज भट्टले अहिले स्ट्रबेरीको बिरुवा अमेरिकाबाटै मगाउने गरेको बताउनुभयो । उहाँले दुई बिघा क्षेत्रफलमा पहिलो वर्ष १२ हजार स्ट्रबेरीको बिरुवा लगाएको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसबाट १५ हजार किलो स्ट्रबेरीको उत्पादन गरी बजार पठाएको थियो ।

अमेरिकी प्रजातिको स्ट्रबेरी मङ्सिर महिनामा लगाएर चार महिनामा यसले उत्पादन दिन्छ । बजारमा स्ट्रबेरी प्रतिकिलोग्राम सात सयदेखि आठ सय रुपियाँ किलोको दरले बिक्री हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?