logo
२०८० चैत्र १६ शुक्रवार



गाँठेकीराले कोदोबाली नष्ट, पुनः बीउ छर्कँदै किसान

अर्थ |
समाज |
भिडियो |
शिक्षा |
मनोरञ्जन |
स्वास्थ्य |
अन्तर्राष्ट्रिय |
अन्तरवार्ता |
पढ्नै पर्ने |
राष्ट्रिय |
विचार/दृष्टिकोण |
फोटो ग्यालरी |
राजनीति |
प्रदेश |
खेलकुद |
पर्यटन |


गाँठेकीराले कोदोबाली नष्ट, पुनः बीउ छर्कँदै किसान


हुम्ला, असार १२ गते । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–३ मा गाँठेकीरा रोगले कोदोबाली नष्ट गरेको छ । वडा नं ३ मा रहेको गुसालेकमा गत चैतमा लगाएको कोदोबाली रोगले नष्ट गर्दा स्थानीयवासी चिन्तित छन् । गत चैतमा कृषकले खेतबारीमा छर्केको कोदोबाली कात्तिकमा उत्पादन हुने भए पनि गाँठेकीराले बाली नष्ट गर्दा त्यहाँका कृषकलाई समस्या बनाएको छ ।

पहाडी क्षेत्रमा उत्पादन हुने कोदोबालीमा रोग फैलिँदा उम्रिदै गरेको बाली गाँठेकीराले नष्ट गरेपछि कृषकले बारीमा कोदो फेरि छर्केका छन् । रोगको प्रकोपका कारण त्यहाँका किसानले कीटनाशक औषधि प्रयोगका लागि कृषि ज्ञान केन्द्र हुम्लामा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको कृषक जीवन फडेराले जानकारी दिनुभयो ।

गाँठेकीराले कोदोबाली नष्ट गरेपछि पुनः उत्पादन गर्न खेतमा कोदो छर्कँदा कहिले उम्रेर कहिले फल लाग्ने भन्नेमा कृषक चिन्तामा परेका छन् । कोदो राम्रोसँग सर्न नपाउँदै पानी पर्न बन्द भएकाले पनि बारीमा कोदोको बोटमा रोग लागेको हुनसक्ने कृषकले बताउँदै आएका छन् ।

शुरुदेखि नै कोदोमा गाँठेकीरा, ग्वारोकीरा र खुम्लेकीराले सताउनुका साथै गोड्ने समयदेखि कोदोमा ढुसी, जरा कुहिने र फट्याङ्ग्राको प्रकोप अत्यधिक रहेको कृषकको भनाइ छ । आधुनिक खेती प्रणालीमा जान नसक्दा र व्यावसायिक खेती गर्न नसकेर कृषकले परम्परागत खेती गर्दा यस्तो समस्या निम्तिएको हो ।

कोदोबालीमा रोग लागेर नष्ट भएपछि त्यहाँका किसान भने कात्तिकमा के खाने भन्नेमा चिन्तित देखिएका छन् । छ महीनाको खेतीपाती छ महीनासम्म पु¥याउनुपर्ने जिल्लाका कृषकलाई यो वर्षको रोगले समस्या हुने भएको छ । यस्तै जिल्लाको सिमकोट गाउँपालिका–२ मा पनि कात्तिकमा उत्पादन हुने कोदोमा रोग देखापरेको किसानले बताएका छन् । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?