आलु उत्पादनले एउटै गाउँमा दश कराेड आम्दानी हुँदै
गोरखापत्र अनलाइन ,
पुष १५, २०७६ मंगलवार
दोलखाको शैलुङ गाउँपालिकामा यस वर्ष जिल्लामै सबैभन्दा बढि साँढे १० करोडको आलु उत्पादन भएको छ । हावापानीको हिसाबले स्वादिलो आलु उत्पादनमा उर्वरभूमि मानिएको शैलुङमा चालू वर्ष ३० हजार मेट्रिक टन अर्थात् साढे १० करोडको आलु उत्पादन भएको हो । कुल उत्पादित आलु मध्ये २१ सय मेट्रिक टन अर्थात् सात करोड ३५ लाखको आलु काठमाडौं लगायतको बजारमा निर्यात गरिएको छ भने नौसय मेट्रिक टन अर्थात् तीन करोड १५ लाखको आलु स्थानीय स्तरमै विक्री...